
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । समिति सभापति ईश्वरी न्यौपानेले समितिमा पाँच वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिइन् ।
समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन् । उनले बैठकमा को बारे, के उजुरी भन्ने खुलाइनन् ।
उजुरीकर्तालाई शुक्रबार बिहान साढे ११ बजे बस्ने समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन्।
प्रस्तावित न्यायाधीशहरूसँग यहि १५ गते आइतबार सुनुवाइ गर्ने निर्णय पनि समितिको छ । बैठक मध्यान्ह सवा १२ बजे बोलाइएको समितिका सभापति न्यौपानेले जानकारी दिइन् ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन्।
प्रतिक्रिया