काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालयको आजको बैठक सकिएको छ ।
बैठकको बारेमा जानकारी दिदै पार्टीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफविरुद्ध लागेको मुद्धाका विषयमा पार्टीमा जानकारी गराएको बताए ।
बैठकमा नेपाललाई मुद्धा लागेको विषय पार्टीविरुद्धको लगातार षड्यन्त्रको शृंखला भएको पार्टीको बुझाई रहेको उनले बताए ।
बैठकले उखु उत्पादन गर्ने किसानलाई दिंदै आएको अनुदान बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सो अनुदान तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।
साथै बैठकले धान रोपाइँको समयमा मल खाद नपाइएकोले तत्काल मलको व्यवस्था गर्न माग गरेको ज्वालाले जानकारी दिए ।
साथै बैठकले प्राकृतिक विपदको तयारी गर्न सरकारसँग माग गर्दै आफ्ना पार्टीका नेता कार्यकर्तालाई विपदको राहत र उद्धार कार्यमा खटनका लागि तयार रहन निर्देशन दिएको ज्वालाले जानकारी दिए ।
साथै बैठकले समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको दोस्रो चरणको कार्यक्रमको विश्लेषण, यो बिचमा भएका पार्टीका अधिवेशनको समिक्षा र विभिन्न संगठनात्मक एजेण्डामा छलफल भएको उनले जानकारी दिए ।
बैठक शनिबार बिहान साढे ८ बजेदेखि शुरु हुने उपाध्यक्ष ज्वालाले बताए ।
प्रतिक्रिया