
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् । भण्डारीले भनिन्– ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’
उनले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै यसमा आफू गर्व गरेको बताइन् । उनले यसमा आफ्नो कुनै विशिष्ट लक्ष्य नभएको भन्दै देश र जनताको सेवा गर्ने एक मात्र उद्देश्य रहेको बताइन् ।
जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन् । उनले राजनीतिक यात्रामा यहाँसम्म आउँदा धेरै कुरा बुझिएको, सिकाएको र परिपक्व बनाएको बताइन् ।
तत्कालीन एमाले उपाध्यक्ष भण्डारी २०७४ को निर्वाचनपछि राष्ट्रपति बनेसँगै सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । उनी २०७९ को निर्वाचनपछि सात वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजी निवास फर्केकी थिइन् ।
प्रतिक्रिया