
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफताब आलमको मुद्दा पुनरावेदनका लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेखेकी छिन् ।
आइतबार उनले पत्र लेखेर आलमको विषयमा आएको फैसलामा पुनरावेदन गर्न महान्यायाधीवक्ताको ध्यानाकर्षण गराएकी हुन् । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनले जेठ १४ गते आफताब आलमसहित चार जनालाई सफाइ दिएको थियो ।
गत साता यसको पुर्णपाठ पनि आएको छ । पूर्णपाठ आएसँगै सांसद सुमनाले ध्यानाकर्षणका लागि महान्यायाधिवक्तालाई पत्र लेखेकी हुन् ।
‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारणले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेश पछि, घटना घटेको एक दशक पछि मात्र मुद्दा चलाइएको थियो तर, अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने गरी अनपेक्षित फैसला भएको हुँदा सो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले महान्यायाधीवक्तालाई लेखेको पत्रका उल्लेख छ ।
उच्च अदालतको फैसलाले पीडित तथा सर्वसाधरणलाई मर्माहत र आक्रोशित बनाएको पनि उनले बताएकी छिन् ।
आफताब आलममाथि २०६४ चैत २७ गते संविधानसभा चुनावमा धाँधली गर्न घरमा बम राखेको आरोप थियो । उक्त बम बिस्फोट हुँदा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएका थिए । उनीहरूलाई इट्टाभट्टामा लगेर जलाइएको अभियोग थियो ।
यस घटना भएपछि मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसीकी आमा रोक्साना खातुनसहित अन्य केहीले आलमविरूद्ध जाहेरी दिएका थिए । सुरूमा जिलल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो । तर उक्त जन्मकैदको फैसलालाई उल्ट्याउँदै उच्च अदालतले बम बिस्फोट नै भएको प्रमाणित हुन नसकेको भनेको हो ।
प्रतिक्रिया