
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
काठमाडौं, असार १६ । संविधान जारी भएको एक दशक बितिसक्दा पनि विद्यार्थीका अधिकार सुनिश्चित गर्ने गरी शिक्षा ऐन निर्माण गर्न नसकेको भन्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले संसद र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ ।
वर्तमान संसद शिक्षा विधेयक पारित गर्ने तयारीमा रहँदा शिक्षामन्त्रीसहित धेरै सांसदहरू निजी शिक्षाको पक्षमा खुलेर उत्रिएको भन्दै सो संगठनले कडा आपत्ति जनाएको छ ।
क्रान्तिकारीमा अध्यक्ष वीरेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । शिक्षा ऐनको नाममा व्यापारी र माफियाको हित सुरक्षित गर्ने सुनियोजित षड्यन्त्र अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ ।
अखिल (क्रान्तिकारी)ले भनेको छ,‘यो विधेयक न त जनताको चाहना हो, न त राष्ट्रको आवश्यकता नै । यो त शैक्षिक माफियाहरूद्वारा तयार पारिएको ड्राफ्ट हो, जसले शिक्षालाई आम नागरिकको मौलिक अधिकार होइन, व्यापारीहरूको मुनाफाको माध्यम बनाउने प्रयास गरिरहेको छ ।’
सो संगठनले शिक्षा विधेयकलाई संविधानको धारा ३१ को उपहास भनेको छ । अध्यक्ष शाहका अनुसार जनताको प्रतिनिधित्व गर्ने संसद अहिले माफियाका आदेश पालना गर्ने ट्रोजन घोडा मात्र बनेको छ ।
एमाले, कांग्रेस लगायतका प्रमुख दलहरू नवउदारवादी र नवउपनिवेशवादी सोचले ग्रसित रहेको आरोप लगाउँदै अध्यक्ष शाहले शिक्षा ऐनलाई पूर्णरूपमा राज्यको जिम्मेवारीमा आधारित बनाउनु पर्ने माग उनले अघि सारेका छन् ।
विज्ञप्तिमा अध्यक्ष शाहले निःशुल्क, गुणस्तरीय र वैज्ञानिक सार्वजनिक शिक्षा सुनिश्चित गरिनु पर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा शाहले चेतावनी दिँदै भनेका छन्, ‘यदि संसदले यो जनविरोधी विधेयक पारित गर्ने दुस्साहस गरियो भने देशव्यापी आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ ।’



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया