
१कार्यकर्ता नीतिबारे
२मातृभक्षणवादको नयाँ सिद्धान्त – २
३मातृभक्षणवादको नयाँ सिद्धान्त
४सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
५चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
६नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
९वैचारिक संघर्षबारे
१०जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
११ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
१२बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
काठमाडौं । निजामती कर्मचारी विधेयकमा भएको जालसाजीका कारण संसद, सांसद र सरकामाथि नै यतिबेला नैतिक प्रश्न उठेको छ । निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीको विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निकै चोटिला प्रश्नहरु उठेका छन् । दलहरुबीच यसविषयमा कडा टिप्पणीहरु भइरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसका सांसद हृदयराम थामीले शुसासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि प्रश्न उठाएका छन् । उनले समितिका सभापति टाठोबाठोमध्येको भएकाले थाहा पाइनँ भनेर सुख नपाइने बताए । सभापति खतिवडा पनि कांग्रेसकै सांसद हुन् ।
‘दुराजी तपाईं सचिव हो । नयाँ मान्छे होइन । सभापति टाढोबाठोमध्येको सभापति हो, थानीले आक्रोश पोखे, ‘कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइन भन्न मिल्छ ?’
यो प्रकरणले सिंगो संसदको अपमान भएको र सांसदहरूको मन रोएको थानीले बताए । ‘यहाँ ठूलै समूहको हात छ । सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?’ उनले प्रश्न गरे । उनले कोर टिम भनेको को हो भन्ने प्रश्न पनि उठाए । ‘इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ थानीले प्रश्न गरे ।
समिति सभापति खतिवडाले नपढेरै हस्ताक्षर गरेको भन्ने आफूलाई विश्वास नलागेको थानीले बताए । ‘कम्तिमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो । तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन,’ थानीले भने ।
थानीले दुरालाई थप अगाडि भने, ‘दुराजी तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो । सानो समितिले हुँदैन ।’
यो विषयले संसदीय दलहरुको बीचमा अविश्वास र बेचैन पैदा गरिदिएको छ र संसदीय व्यवस्था ठालुहरुले मनपरी गर्ने व्यवस्था हो भन्नेहरुलाई हौसला दिएको छ । संसदीय व्यवस्थामा भन्ने एउटा र गर्ने अर्कै हो भन्ने फेरि एकपटक छर्लङ्ग भएको छ ।
प्रतिक्रिया