काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छिन् । उनको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा सेवा–सुविधा नलिने सम्बन्धी पत्र दर्ता गराएको छ ।
गत शनिबार मात्रै भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन् ।
‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको बताउँदै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
प्रतिक्रिया