
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
मस्को । रुस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ । अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले यसलाई साहसी निर्णयको रूपमा वर्णन गरेका छन् ।
मुत्ताकीले बिहीबार काबुलमा रुसी राजदूत दिमित्री झिरनोभलाई भेटेका थिए । झिरनोभले अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई मान्यता दिने आफ्नो सरकारको निर्णयबारे आधिकारिक रूपमा जानकारी गराए ।
मुत्ताकीले सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक साझेदारीको नयाँ चरण भएको र यो परिवर्तनले अन्य देशका लागि उदाहरण स्थापित गर्ने बताए ।
अगस्ट ०२१ मा सत्तामा फर्किएदेखि मानव अधिकार उल्लङ्घन बढ्दै गएको रिपोर्टका बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजेको छ ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘हामी विश्वास गर्छौं कि अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यताले हाम्रा देशबीचको द्विपक्षीय सहयोगको विकासलाई प्रवद्र्धन गर्नेछ ।’
रूसले ऊर्जा, यातायात, कृषि र पूर्वाधारमा व्यावसायिक र आर्थिक सहयोगको सम्भावना देखेको र आतंकवाद तथा लागूपदार्थको तस्करीको खतरासँग लड्न काबुललाई मद्दत गर्न जारी राख्ने बताएको छ ।
२०२१ मा अफगानिस्तानमा आफ्नो दूतावास बन्द नगर्ने देशमध्ये रुस पनि एक थियो ।
सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो देश पनि रुस थियो । यस सम्झौता अन्तर्गत रुसले अफगानिस्तानलाई तेल, ग्यास र गहुँ आपूर्ति गर्ने सहमति जनाएको थियो ।
रुसी विदेश मन्त्रालयका अनुसार यस वर्ष अप्रिलमा तालिबानलाई रुसको आतंकवादी संगठनको सूचीबाट हटाइएको थियो । गत वर्ष जुलाईमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि तालिबानलाई आतंकवादसँग लड्ने सहयोगीको रूपमा वर्णन गरेका थिए ।
२०१८ को सुरुमा तालिबान प्रतिनिधिले वार्ताका लागि रुसी राजधानी मस्कोको भ्रमण गरेका थिए । यद्यपि दुवै देशको इतिहास धेरै जटिल छ । सन् १९७० मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्दै नौ वर्षसम्म युद्ध लडेका थिए ।
यस युद्धमा सोभियत संघका १५ हजार सैनिक मारिए र अन्ततः फेब्रुअरी १९८९ मा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता भएका थिए । तर पछि अफगानिस्तानमा रहेको अमेरिकी सैनिकहरु तालिवानसति हारेर भएपछि रुस र तालिवान सरकारबीच सम्बन्ध राम्रो भएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया