
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन आह्वान् गरेको छ । शनिबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्षा ध्रुवले एक विज्ञप्ति निकाली दलाल पुँजीवादबाट सञ्चालित राज्यसत्ताले मजदुर विरोधी ऐनलाई पक्षपोषण गर्दै ऐन कानुन नियन्त्रक मजदुर विरोधी संशोधन खुन पसिना वैधानिक रूपमा शोषण गर्ने ‘नो ओर्क नो पे हायर एण्ड फायर’ जस्ता मजदुर मारा नीति पारित गरि मजदुर वर्गमाथि शोषण गरिरहेकोले देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन आह्वान् गरेका हुन् । साथै उनले यसको जिम्मेवार सम्वन्धित निकाय हुनेसमेत बताएका छन् ।
प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘नेपालका श्रमजीवी मजदुर आज दलाल पुँजीवाद र दलाल संसदीय व्यावस्थाका कारण मजदुरको अवस्था दयनीय बन्दै गएको छ । नेपाली उद्योगधन्दा बन्द गरी दलाल पुँजीवादी हावी हुँदा, राष्ट्रिय उद्योगलाई निजीकरण गरी व्यक्तिलाई सम्पति नाफाको लागि काम गर्ने भएकाले नेपाली मजदुरको अवस्था दयनीय भएको छ । दलाल पुँजीका कारण श्रमीकहरू बेरोजगारी श्रम शोषण असमान श्रम कानुनका कारण समस्याग्रस्त रहेका छन् । राजनीतिक अस्थिरता असमान बजारका कारण औद्योगीक अवस्था धरासय हुने साथै बन्द हुन गएका छन् । श्रम विभेदले सामाजिक सुरक्षा कमजोर अवस्थाले मजदुर वर्गको जीवनलाई जटिल बनाइरहेको छ । न्युन ज्यालाका कारण जीवन चलाउन नसकिएपछि नेपाली मजदुर बैदेशीक रोजगारीको खोजीमा छन्, युवा वर्ग आफ्नो जीवन चलाउन नसकिएपछि पलायन हुन बाध्य भएको छ । यिनै समस्याहरूको समाधान खोज्दै श्रमीकको हक अधिकार स्थापित गर्न श्रम क्षेत्रलाई समृद्ध र सुद्धृढ बनाउन हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्थापना कालदेखि नै निरन्तर सङ्घर्षरत रहेको कुरा अवगत नै छ ।’
विज्ञाप्तिमा अगाडि भनिएको छ, ‘दलाल पुँजीवादबाट सञ्चालित राज्यसत्ताले मजदुर विरोधी ऐनलाई पक्षपोषण गर्दै ऐन कानुन नियन्त्रक मजदुर विरोधी संशोधन खुन पसिना वैधानिक रूपमा शोषण गर्ने ‘नो ओर्क नो पे हायर एण्ड फायर’ जस्ता मजदुर मारा नीति पारित गरि मजदुर वर्गमाथि शोषण गरिरहेका छन् । उद्योग, यातायात, होटल, पर्यटन औद्योगीक मजदुर लगायत कृषि र सेवा क्षेत्रमा कार्यरत मजदुरको न्युन तलबभत्ताका कारण निकै कष्टकर जीवन विताउन विवस छन् । जीवीका चलाउन धौधौ परेको छ । शिक्षा, स्वास्थ्य, आवासमा सहित चलाउन नसक्ले अवस्था छ । यसमा पनि मजदुरले खाइपाइ आएको सेवा सुविधा १० प्रतिशत खोसिएको छ । मजदुर विचौलिया करार, ज्यालादारी, ठेकेदारी प्रथालाई प्रसय राज्यले दिँदा मजदुरको हालत नाजुक बनेको छ । यसप्रति हाम्रो सङ्गठनको ध्यान आकर्षण भएको छ । नेपाली मजदुरलाई आज जीउन योग्य तलबभत्ता उपलव्ध गराउन करार, ज्यालादारी, ठेकेदारी प्रथाको अन्त्य गरी ‘नो ओर्क नो पे हायर एण्ड फायर’ लाई खारेज गरी नेपाली मजदुरको महँगीको आधारमा तलबभत्ता बृद्धि गर्न माग गर्दछौँ । नेपाली मजदुरको तलब बढाउने बेलामा मुठ्ठीभरीका सरकारका ट्रेड युनियन र सरकारका मान्छे बसेर निर्णय गर्ने यसले नेपाली मजदुरको मर्मभन्दा उद्योगी र साहु पुँजीपतिलाई भरण पोषण गर्ने गरेको छ ।’
प्रेस विज्ञाप्तिको अन्त्यमा भनिएको छ, ‘मजदुरको सेवा सुविधाको विषयमा छलफल गर्दा सम्पूर्ण मजदुर ट्रेड युनियन र मजदुरको बीचमा छलफल गरी गर्न मजदुरको जीवन यापन गर्न योग्य तलबभत्ता घोषणा (मासिक ३०,००० बनाउन ज्यालादारीलाई घण्टाको १५० बनाउन) गर्न माग गर्दछौँ । यदि एक पक्षीय निर्णय गरी मजदुर विरोधी तलबभत्ता, उद्योगी साहुलाई पोस्ने निधारण भयो भने देशभरीका मजदुर आन्दोलनमा उत्रने यस विज्ञप्तिबाट जानकारी गराउछौँ । यसमा सम्पूर्ण मजदुरलाई आफ्नो बाँच्न पाउने अधिकार खोज्न पनि आह्वान् गर्दछौँ भने राज्यले मजदुरको जिउन योग्य तलबभत्ता निर्धारण गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । यसर्थ देशभरीका मजदुरलाई आन्दोलनमा उत्रन यसै विज्ञप्तिमार्फत जानकारी गराइएको छ । यसको जिम्मेवार सम्वन्धित निकाय हुनेछ ।’



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया