
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । सिंगापुरविरुद्ध दुई विकेटको जित निकाल्दै नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो ।
शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ५३ बलमा तीन चौका प्रहार गरे । सिवान्स बजगाईंले २० रन थप्दा सुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रन जोडे । अभय यादव १० रनमा अविजित रहे ।
सिंगापुरका कपिस वेन्कटरमनले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । युभव पाण्डेले दुई विकेट लिँदा आकाश तेजा र वेदान्स गुप्ताले समान एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको थियो । सिंगापुरका रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाएका थिए । कप्तान रियान नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन थपे ।
नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान तीन विकेट लिए । सुभम खनालले दुई विकेट लिँदा विपीनप्रसाद शर्माले एक विकेट हात पारे । नेपालले यसअघि समूह चरणको खेलमा पनि सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
प्रतिक्रिया