
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेकपा एमालेमा नयाँ ध्रुविकरण हुने स्पष्ट संकेतहरु देखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिने निश्चित देखिएको छ ।
हालै इमेज च्यानललाई दिएको अन्तर्वार्तामा भण्डारीले आफ्नो एमालेको अध्यक्षमा दाबेदारी रहेको स्पष्ट बताएकी छन् । साथै उनले वर्तमान अध्यक्ष ओलीले अब अर्को कार्यकालका लागि अध्यक्षमा दाबि नगर्ने समेत विश्वास व्यक्त गरेकी छन् ।
नेतृत्वमा ध्रुविकरण शुरु भएका बेला दोस्रो, तेस्रो तहका नेताहरुमा पनि ध्रुविकरण शुरु भएको छ । यसैक्रममा एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेको एक पोष्टमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले कडा प्रतिक्रिया दिएकी छन् ।
योगेश भट्टराईले शुक्रबार बिहान नेतृत्वलाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका थिए । उनले भनेका थिए- ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौ, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फ़त समाधान खोजौ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’
भट्टराईको पोष्टमा जवाफ दिदै तिम्सिनाले विगत ११ बर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड ? भन्दै प्रश्न गरेकी छिन् । साथै उनले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेल, कमल थापा , धवलसमसेर, दिपक बोहरासम्मसँग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा, संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गर्न प्रस्ताव गरेकी छन् ।
उनले भनेकी छन्- बिगत ११ बर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरु बल्ल पेलिनुको पनि हद हुन्छ भन्दैछन् । तर राजनीति त विधि र बिचारमा टेकेरै हिड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब-किताब केन्द्रिय कमिटीले गरोस् ।
दुर्गा प्रसाईंलाई केन्द्रिय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म , राजेन्द्र लिंगदेल, कमल थापा , धवल समसेर , दिपक बोहरासम्मसंग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा / संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गरौँ । खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष बिषय र प्रश्नबाट भाग्न मिल्ने ठाँउ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ । लालसलाम ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया