
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । कांग्रेस सांसद मोहमद्ध अफ्ताव आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरुलाई कालोमोसो दलेर कारवाही गरेका नेकपा (बहुमत)का नेताहरुलाई सो पार्टीले अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकारहरुका माझ ती नेताहरुलाई स्वागत तथा अभिनन्दन गरेको हो ।
पार्टी स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।
जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध जाइलागेको बताउँदै उनले जहाँ जनतामाथि अन्याय र अत्याचार हुन्छ, त्यहाँ नेकपा(बहुमत) उपस्थित हुने बताए । उनले भ्रष्ट न्यायाधीशहरुलाई मोसो दल्न हिम्मत गर्ने आफ्ना नेताहरुलाई लालसलाम पनि गरे ।
पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने साथीहरुलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनीहरुको भ्रष्टाचार तथा बेथिति र अत्याचारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ ।
न्यायाधीशलाई कलोमोसो दल्ने टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुवँरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताए । ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’ उनले साहसपूर्वक भने ।
सो टोलीका अर्का सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।
गत जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुवँर, पदम मगर र गर्भु महतोले न्यायाधीश द्वय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मिुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशहरु पैसामा बिकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।
चितवन जिल्ला इन्चार्ज पूर्ण विकले संचालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य द्वय दिर्घ पाण्डे र निर्मलसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया