
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
चौतारा । नेकपा (बहुमत) सिन्धुपाल्चोकले विभिन्न मागहरु राखी प्रमुख जिल्ला अधिकारी समक्ष १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सर्वसाधारण जनताको जमिन हडप्ने भूमाफियालाई कारवाही गर्नुपर्ने, जनतालाई छिटो जग्गाधनी पूर्जा उपलब्ध गराउनुपर्ने, मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द गर्नुपर्ने, तातोपानी नाकामा चलेको अवैध करछली नियन्त्रण गर्नुपर्ने लगायतका माग राखी ज्ञापन बुझाइएको हो । सो पार्टीको सिन्धुपाल्चोक इन्चार्ज योजना लामा र सेक्रेटरी भुवनको अगुवाईमा गएको टोलीले ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्र :
मुलुक यतिबेला गम्भिर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । बाढीपहिरोले देशैभरि ठूलो धनजनको क्षति पुर्याइएको छ । राजनीतिक दलहरु बीच असहमतिले गर्दा राष्ट्रिय सार्वभौमसत्ता गम्भीर संकटमा परेको छ । आर्थिक मन्दीले जनजीवन प्रभावित भएको छ । महंगी, भ्रष्टाचार कमिसनको कालो बजारी लगायत जनजीविकामा समस्यहरु दिन प्रतिदिन झन् झन बढ्दै गइरहेको छ । अतः राष्ट्रिय जनतन्त्र जनजीविकाको तपशिलका सवालहरु बारे जिल्ला अधिकारी ज्यू लगायत सम्बद्ध सरोकारवाला पक्षहरु सबैको ध्यान आकृष्ट गरी अभिलम्ब सम्बोधन गर्नको निम्ति मागहरु प्रस्तुत गरिएको छ ।
१.भूमाफियाहरुले जनतालाई विभिन्न प्रलोभनमा पारी जग्गा धितो बन्धकी भन्दै पूरै जग्गा हडप्ने काम भएको हुँदा भूमाफियाहरुलाई कारबाही गर्नुपर्ने हजारौं जनताको मागलाई सम्बोधन गरियोस् ।
२. किसानहरुले जग्गा छुट दर्ताको निवेदन दिएको र हाल सम्म लालपूर्जा नपाएको जनगुनासो व्यापक भएकोले छिटो भन्दा छिटो जनताको हातमा लालपूर्जा वितरण गरियोस् ।
३. धेरै ठाउँमा गुठीको नाममा रहेको जग्गामा किसानहरु बसोबास गर्दै आएका ठाउँमा मोहियाणी हक सुनिश्चित गरियोस् ।
४. मापदण्ड विपरित विभिन्न स्थानहरुमा क्रसर उद्योग सञ्चालन गरी प्राकृतिक स्वरुप भोग चलन गर्ने, सडक बिगार्ने लगायत वातावरण पक्ष सबै दूषित पार्ने सिण्डीकेट रहेको उक्त कार्यलाई बन्ध गरियोस् ।
५. विभिन्न हाइड्रोपावर झोलामा बोकी खोला बेचेर खाने जलमाफिया सक्रिया रहेको हुँदा जनतालाई शेयर लगानी गर्न लगाएर ठगी धन्दा चलाएको विभिन्न हाइड्रो कम्पनीहरुले प्रभावित क्षेत्रको न्यूनतम नीति नियमहरुलाई समेत पूरा नगरी केही शक्ति केन्द्रहरुको आडमा जनतालाई हरेक क्षेत्रबाट विस्थापित गरेको जन गुनासोलाई सम्बोधन गरियोस् ।
६. अन्तराष्ट्रिय नाका तातोपानी भन्सारलाई केही पहुँचवाला व्यक्तिहरुको सिण्डीकेट रहेको र व्यापक करछली अवैध कारोबार हुने गरेको सर्वसाधरणलाई एउटा थर्मस समेत ल्याउँदा अवरोध खडा गरेर करछली गरेका कार्यलाई छिटो भन्दा छिटो नियन्त्रण गरियोस् ।
७. स्थानीय सरकारहरुको बेरुजुको नाममा व्यापक भ्रष्टचार भएको जनगुनासो भएको हुदाँ उचित छानबिन गरी सत्यतथ्य जनतामा सार्वजनिक गरियोस् ।
८. निर्माण व्यवसायीबाट गुणस्तरहीन संरचना निर्माण गरिएका कारण उक्त संरचना भत्किनुको कारण साथै जनधनको क्षति र व्यापक अनियमितता भएको संरचनाहरुमा सत्यतथ्य बुझी कारवाही गरियोस् ।
९. जनताको सार्वजनिक सम्पत्ति माथि विभिन्न रिसोर्ट, होटल, निजी घर समेत निर्माण गरी राज्य र जनतामाथि दादागिरी गर्दै करोडौंको सम्पत्ति लुटपाट भएको छ । दलालहरुले सार्वजनिक ठाउँमा अतिक्रमण गरिएका ठाउँहरुमा राज्यले नियन्त्रणमा लिइयोस् ।
१०. लघुवित्त मिटरव्याजी, सहकारी संस्थाबाट जनताको गाँसबाँसको उठीबास लगाइएको हुँदा उक्त लघुवित्त संस्थाहरुलाई कारबाही गरियोस् ।
११. वनजंगल, वनस्पति लगायत विभिन्न बहुमूल्य जडिबुटीहरु चोरी पैठारी, अनियमितता भएको र वन बिनासको कारण जलवायु प्रदुषण बढ्न जाने हुनाले सम्बन्धित निकायबाट वनविनास नियन्त्रण गरियोस् ।
१२. शिक्षा क्षेत्रको दिवाखाजा र मसलन्द खर्चमा अनियमितता भएको अभिभावकहरुको व्यापक गुनासो रहेको हुँदा सम्बन्धित निकायको छानबिनको लागि गम्भिर ध्यानआकर्षण गरियोस् ।
१३. यातायात क्षेत्रमा भएको सिण्डीकेटले जनता माथि चर्को भाडा उठाएको हुनाले भाडादर कायम गरियोस् ।
१४. बजार अनुगमन गरी कालो बजारी नियन्त्रण गरियोस् ।
१५. किसानलाई चाहिने कच्चापदार्थ, मल, बीउ, सिंचाई कृषि, औजार र व्यवस्थापन उपलब्ध गरियोस् ।
१६. प्राकृति विपद र बाढीपहिरोबाट हुन गएको क्षतिपूर्तिको उचित व्यवस्थापन गरियोस् ।
हामी आशा गर्दछौं कि सम्मानीय जिल्ला अधिकारी ज्यूले जनताको समस्यालाई गम्भीरतापूर्वक लिएर यथाशिघ्र आवश्यक कदम चाल्नु हुनेछ ।
इन्चार्ज सेक्रेटरी
योजना लामा भुवन



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया