
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका हुन् । उनले भनेका छन्- ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन ।’
प्रधानमन्त्री ओलीले पुर्वराष्ट्रपति भण्डारी आफैले विचार गर्नुपर्नेमा किन बोलिरहनु भएको छ भन्ने पार्टीले सोध्ने बताए ।
उनले भनेका छन्- ‘विद्याजीले राष्ट्रपति हुन्जेल आफ्नो भूमिका राम्रोसँग निभाउनु भएको हो । यो कानुनी र संबैधानिक प्रश्न पनि होइन । यो नैतिकताको विषय हो । अहिले मसँग परामर्श भएन । कहाँ परामर्श गर्नु भयो थाहा भएन । अध्यक्ष म छु, पार्टीसँग सल्लाह गर्नुभएन । आउन मिल्छ मिल्दैन । संवैधानिक मान्यतालाई असर गर्छ या गर्दैन । भन्ने विषयमा छलफल गर्नु भएन । पार्टीमा कुनै मौखिक लिखित अधिकारिक ढंगले छलफल गर्नु भएको छैन । यस विषयमा हामिले बैठक बसेर छलफल गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन । उहाँ हाम्रो उम्मेदवार हो । राष्ट्रपतिमा जानु भन्दा अगाडी उहाँ उपाध्यक्ष हो । अब उहाँले प्रश्न उठाइसकेपछि, आउछु भनेपछि पार्टीले निर्णय गर्छ । निर्णय गर्न धेरै ढिलो गर्दैनौं ।’
भण्डारीलाई अगाडी सारेर चीनले नेपालमा कम्युनिष्टहरुलाई एक बनाउने रणनीति हो भन्ने प्रश्नको जवाफमा ओलीले आफुले त्यस्तो सम्भावना नै नदेखेको बताए ।
प्रतिक्रिया