
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
२नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७आत्मदाह गराउन बन्द गर
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आज साउन २ गते आयोजना गरिएको आम शैक्षिक हडताल सफल पार्न सहयोग गर्ने र ऐक्यवद्धता जनाउने सबैप्रति आभार प्रकट गरेको छ ।
सो संगठनका अध्यक्ष वीरेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत् निःशुल्क शिक्षाको माग राखेर ज्ञापनपत्र बुझाउँदा पनि सरकारले बेवास्ता गरेपछि र माग पूरा गर्नुको साटो उल्टै दमनमा उत्रिएपछि आफूहरु हड्ताल गर्न बाध्य भएको भन्दै हड्ताल सफल पार्न सहयोग गर्ने विद्यार्थी र शैक्षिक संस्थाहरुलाई धन्यवाद पनि दिएका छन् ।
अध्यक्ष शाहले विज्ञप्तिमा निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरि यथाशीघ्र जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।
यस्तो छ शाहले जारी गरेको विज्ञप्ति :
ऐक्यबद्धताका लागि धन्यवाद ।
नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको अग्रदस्ता आम नेपाली जनसमुदायको आशाको केन्द्र र विद्यार्थीहरुको प्रिय संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा आम शैक्षिक सुधार सहित वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि निरन्तर संघर्षरत रहेको छ ।
अहिले देशको शिक्षा प्रणाली २०२८ सालमा लागू भएको ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनबाट चलिरहेको छ । शिक्षामा निजीकरण र व्यापारीकरणले गर्दा शिक्षा आम नागरिकको पहुँचबाट टाढा भएको छ । सबै नागरिकहरुले निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्राप्त गर्नु मौलिक हक र नैसर्गिक अधिकार हो । शिक्षालाई मौलिक अधिकारको रूपमा संवैधानिक व्यवस्था गरेको भएपनि कार्यान्वयनमा शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका वीचमा चरम विभेद छ । नेपालको संविधान, २०७२ को मौलिक हक (धारा ३१) मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएको छ । यसबारे राज्य गम्भीर नभई शिक्षामा निजीकरण र व्यापारीकरणलाई नै प्रोत्साहन गरिरहेको तितो यथार्थ तपाई हामी सामु छर्लङ्ग छ । शिक्षालाई व्यापार र शिक्षण संस्थाहरुलाई व्यापार गर्ने थलो नबनाउन तथा जनविरोधी एवं नवउदारवादी शिक्षा नीति लागू गर्नेगरि शिक्षा ऐन जारी गर्ने षड्यन्त्रका तानाबाना नबुन्न सरकारलाई हामीले पटकपटक सचेत गराएका छौं । तर हामीले गरेको रचनात्मक एवम् सिर्जनशील आन्दोलनप्रति सरकार गम्भीर बनेन, निःशुल्क शिक्षाको कुरा सुन्नै चाहेन । यसर्थ, हाम्रो संगठन आन्दोलनकै निरन्तरताका रुपमा देशव्यापी शैक्षिक हड्तालमा जान बाध्य भयो । र आज साउन २ गते देशैभर शैक्षिक हड्तालको कार्यक्रम आयोजना गरिएकोमा हड्ताल देशभर भव्य र सानदार रुपले सम्पन्न भएको छ । यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने तथा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण विद्यार्थी साथीहरु, अभिभावक, शिक्षक तथा कर्मचारीहरु, शिक्षण संस्थाहरु लगायत सहयोग गर्नुहुने सुरक्षाकर्मी र पत्रकार मित्रहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
अन्त्यमा, निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरि यथाशीघ्र जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारसंग जोडदार माग गर्दछौं । र संगठनले सञ्चालन गरिरहेको उक्त अभियानमा ऐक्यबद्धता जनाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक आव्हान गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
क. वीरेन्द्र शाह
अध्यक्ष



१सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
२नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
प्रतिक्रिया