
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आज साउन २ गते आयोजना गरिएको आम शैक्षिक हडताल सफल पार्न सहयोग गर्ने र ऐक्यवद्धता जनाउने सबैप्रति आभार प्रकट गरेको छ ।
सो संगठनका अध्यक्ष वीरेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत् निःशुल्क शिक्षाको माग राखेर ज्ञापनपत्र बुझाउँदा पनि सरकारले बेवास्ता गरेपछि र माग पूरा गर्नुको साटो उल्टै दमनमा उत्रिएपछि आफूहरु हड्ताल गर्न बाध्य भएको भन्दै हड्ताल सफल पार्न सहयोग गर्ने विद्यार्थी र शैक्षिक संस्थाहरुलाई धन्यवाद पनि दिएका छन् ।
अध्यक्ष शाहले विज्ञप्तिमा निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरि यथाशीघ्र जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।
यस्तो छ शाहले जारी गरेको विज्ञप्ति :
ऐक्यबद्धताका लागि धन्यवाद ।
नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको अग्रदस्ता आम नेपाली जनसमुदायको आशाको केन्द्र र विद्यार्थीहरुको प्रिय संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा आम शैक्षिक सुधार सहित वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि निरन्तर संघर्षरत रहेको छ ।
अहिले देशको शिक्षा प्रणाली २०२८ सालमा लागू भएको ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनबाट चलिरहेको छ । शिक्षामा निजीकरण र व्यापारीकरणले गर्दा शिक्षा आम नागरिकको पहुँचबाट टाढा भएको छ । सबै नागरिकहरुले निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्राप्त गर्नु मौलिक हक र नैसर्गिक अधिकार हो । शिक्षालाई मौलिक अधिकारको रूपमा संवैधानिक व्यवस्था गरेको भएपनि कार्यान्वयनमा शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका वीचमा चरम विभेद छ । नेपालको संविधान, २०७२ को मौलिक हक (धारा ३१) मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएको छ । यसबारे राज्य गम्भीर नभई शिक्षामा निजीकरण र व्यापारीकरणलाई नै प्रोत्साहन गरिरहेको तितो यथार्थ तपाई हामी सामु छर्लङ्ग छ । शिक्षालाई व्यापार र शिक्षण संस्थाहरुलाई व्यापार गर्ने थलो नबनाउन तथा जनविरोधी एवं नवउदारवादी शिक्षा नीति लागू गर्नेगरि शिक्षा ऐन जारी गर्ने षड्यन्त्रका तानाबाना नबुन्न सरकारलाई हामीले पटकपटक सचेत गराएका छौं । तर हामीले गरेको रचनात्मक एवम् सिर्जनशील आन्दोलनप्रति सरकार गम्भीर बनेन, निःशुल्क शिक्षाको कुरा सुन्नै चाहेन । यसर्थ, हाम्रो संगठन आन्दोलनकै निरन्तरताका रुपमा देशव्यापी शैक्षिक हड्तालमा जान बाध्य भयो । र आज साउन २ गते देशैभर शैक्षिक हड्तालको कार्यक्रम आयोजना गरिएकोमा हड्ताल देशभर भव्य र सानदार रुपले सम्पन्न भएको छ । यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने तथा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण विद्यार्थी साथीहरु, अभिभावक, शिक्षक तथा कर्मचारीहरु, शिक्षण संस्थाहरु लगायत सहयोग गर्नुहुने सुरक्षाकर्मी र पत्रकार मित्रहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
अन्त्यमा, निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगरि यथाशीघ्र जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारसंग जोडदार माग गर्दछौं । र संगठनले सञ्चालन गरिरहेको उक्त अभियानमा ऐक्यबद्धता जनाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक आव्हान गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
क. वीरेन्द्र शाह
अध्यक्ष

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया