
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौं । नेकपा (बहुमत) निकट महिला संगठन अखिल नेपाल महिला सङ्गठनले केही दिन अगाडि कानुन मन्त्रालयका सचिव पराश्वर ढुंगानाको भनाईलाई उद्धृत गर्दै संचार माध्यमहरुमा प्रकाशित भएको समाचारप्रति आफ्नो संगठनको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
सो संगठनका अध्यक्ष अन्जना तामाङले आज एक विज्ञप्ति जारी गर्दै एउटा श्रीमती हुँदाहुँदै पुरुषले अर्को विवाह गर्न पाउनु नेपालको सामाजिक कानुन संस्कार, अन्तर्राष्ट्रिय महिला सम्बन्धि भएका सन्धि सम्झौता र महासन्धि र नेपालको संघीय संविधान २०७२ र प्रचलित कानुन विपरित भएको भन्दै आपत्ति जनाएकी छिन् ।
केही दिन अघि कानुन मन्त्रालयका सचिव पराश्वर ढुंगानाको भनाई भन्दै एउटी श्रीमती हुँदाहुँदै पुरुषले अर्की श्रमती विहे गर्न पाउने आसयको भनाई संचारमाध्यमहरुमा आएको थियो ।
यो भनाई र विषय साँचो हो भने यो हाम्रो सामाजिक संस्कार, महिला आन्दोलन र महिला अधिकारका हिसाबले गम्भीर मानवीय अपराध भएको अध्यक्ष तामाङले विज्ञप्तिमा जनाएकी छिन् ।
‘मुलुकी अपराध संहिताको दफा १७५ मा बहुविवाहलाई निषेध गरिएको छ । प्रचलित कानुनले समेत बहुविवाहलाई दण्डनीय अपराध भनेको छ । बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको विषय महिलाका लागि स्वीकार्य छैन ।’ विज्ञप्तिमा तामाङले भनेकी छिन् ।
आफ्नो संगठन लामो समयदेखि महिलाको हक अधिकार र स्वतन्त्रताका लागि आन्दोलन गर्दै आएको भन्दै तामाङले महिलामाथि हुने यस्ता गैरन्यायिक कानुनको विरोध गर्दै र यस्तो कानुन नल्याउन सरकारसँग माग पनि गरेकी छिन् ।
‘नेपाली महिलाहरुलाई पितृसत्तात्मक सामन्तवादले दासी, वंश परम्परा धान्ने, सन्तान जन्माउने मेसिन, पुरुषमा परनिर्भर र निगाहमा बाँच्नु पर्ने र दोश्रो दर्जाको नागरिक बनाएको छ भने पूँजीवादले प्रतिष्पर्धाका नाममा नङ्गयाएर अङ्ग प्रदर्शन गर्ने पूँजीवादी सुनिश्चित बजार विज्ञापनको साधन, उपभोग्य वस्तु र मनोरञ्जनको साधन बनाएर महिलालाई वस्तुकरण गर्ने गरेको छ । यो क्रम तिव्र गतिमा बढ्दै गएको छ । सामन्ती ब्राह्मणवादी, विकृत पूँजीवाद तथा पितृसत्तावादलाई खिचडी बनाउने, आफूलाई मार्क्सवादी भन्नेहरुले संशोधनवादी र सारसंग्रहवादी हैकम पनि चरम बनाउँदै आएका छन् । आज विश्वमा उत्तर आधुनिकतावादी चिन्तन पनि समाजमा हावी हुँदै गएको यस परिवेशमा कानुन मन्त्रालयले बहुविवाह जस्तो अमानवीय अपराधिक कानुन ल्याउनु खोज्नु दलाल संसदीय पूँजीवादी व्यवस्थाले महिलामाथि गरेको चरम शोषण र उत्पीडनको परिणाम हो ।’ विज्ञप्तिमा अध्यक्ष तामाङले भनेकी छिन् ।
महिला विरोधी कानुन ल्याउन लागिएकोमा कडा संघर्षमा आउन महिलाहरुलाई आग्रह गर्दै तामाङले कानुन मन्त्रालयलाई महिलामाथि शोषण उत्पीडन गर्ने पितृसत्तावादी पूँजीवादी सोचमा आधारित पुरुषले बहुविवाह गर्न पाउने कानुन नल्याउन चेतावनी पनि दिएकी छिन् ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया