
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौं । नेकपा (बहुमत) निकट महिला संगठन अखिल नेपाल महिला सङ्गठनले केही दिन अगाडि कानुन मन्त्रालयका सचिव पराश्वर ढुंगानाको भनाईलाई उद्धृत गर्दै संचार माध्यमहरुमा प्रकाशित भएको समाचारप्रति आफ्नो संगठनको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
सो संगठनका अध्यक्ष अन्जना तामाङले आज एक विज्ञप्ति जारी गर्दै एउटा श्रीमती हुँदाहुँदै पुरुषले अर्को विवाह गर्न पाउनु नेपालको सामाजिक कानुन संस्कार, अन्तर्राष्ट्रिय महिला सम्बन्धि भएका सन्धि सम्झौता र महासन्धि र नेपालको संघीय संविधान २०७२ र प्रचलित कानुन विपरित भएको भन्दै आपत्ति जनाएकी छिन् ।
केही दिन अघि कानुन मन्त्रालयका सचिव पराश्वर ढुंगानाको भनाई भन्दै एउटी श्रीमती हुँदाहुँदै पुरुषले अर्की श्रमती विहे गर्न पाउने आसयको भनाई संचारमाध्यमहरुमा आएको थियो ।
यो भनाई र विषय साँचो हो भने यो हाम्रो सामाजिक संस्कार, महिला आन्दोलन र महिला अधिकारका हिसाबले गम्भीर मानवीय अपराध भएको अध्यक्ष तामाङले विज्ञप्तिमा जनाएकी छिन् ।
‘मुलुकी अपराध संहिताको दफा १७५ मा बहुविवाहलाई निषेध गरिएको छ । प्रचलित कानुनले समेत बहुविवाहलाई दण्डनीय अपराध भनेको छ । बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको विषय महिलाका लागि स्वीकार्य छैन ।’ विज्ञप्तिमा तामाङले भनेकी छिन् ।
आफ्नो संगठन लामो समयदेखि महिलाको हक अधिकार र स्वतन्त्रताका लागि आन्दोलन गर्दै आएको भन्दै तामाङले महिलामाथि हुने यस्ता गैरन्यायिक कानुनको विरोध गर्दै र यस्तो कानुन नल्याउन सरकारसँग माग पनि गरेकी छिन् ।
‘नेपाली महिलाहरुलाई पितृसत्तात्मक सामन्तवादले दासी, वंश परम्परा धान्ने, सन्तान जन्माउने मेसिन, पुरुषमा परनिर्भर र निगाहमा बाँच्नु पर्ने र दोश्रो दर्जाको नागरिक बनाएको छ भने पूँजीवादले प्रतिष्पर्धाका नाममा नङ्गयाएर अङ्ग प्रदर्शन गर्ने पूँजीवादी सुनिश्चित बजार विज्ञापनको साधन, उपभोग्य वस्तु र मनोरञ्जनको साधन बनाएर महिलालाई वस्तुकरण गर्ने गरेको छ । यो क्रम तिव्र गतिमा बढ्दै गएको छ । सामन्ती ब्राह्मणवादी, विकृत पूँजीवाद तथा पितृसत्तावादलाई खिचडी बनाउने, आफूलाई मार्क्सवादी भन्नेहरुले संशोधनवादी र सारसंग्रहवादी हैकम पनि चरम बनाउँदै आएका छन् । आज विश्वमा उत्तर आधुनिकतावादी चिन्तन पनि समाजमा हावी हुँदै गएको यस परिवेशमा कानुन मन्त्रालयले बहुविवाह जस्तो अमानवीय अपराधिक कानुन ल्याउनु खोज्नु दलाल संसदीय पूँजीवादी व्यवस्थाले महिलामाथि गरेको चरम शोषण र उत्पीडनको परिणाम हो ।’ विज्ञप्तिमा अध्यक्ष तामाङले भनेकी छिन् ।
महिला विरोधी कानुन ल्याउन लागिएकोमा कडा संघर्षमा आउन महिलाहरुलाई आग्रह गर्दै तामाङले कानुन मन्त्रालयलाई महिलामाथि शोषण उत्पीडन गर्ने पितृसत्तावादी पूँजीवादी सोचमा आधारित पुरुषले बहुविवाह गर्न पाउने कानुन नल्याउन चेतावनी पनि दिएकी छिन् ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया