
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत)ले नेपालका संसदवादी दलहरुमा चरम राजनीतिक संकट पैदा भएको निष्कर्ष निकाल्दै यस्तो अवस्थामा देशभक्त शक्तिहरुको नेतृत्वमा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्नु पर्नेमा जोड दिएको छ ।
बैठकले नेपालका संसदवादी राजनीतिक पार्टीहरुमा देखिएको समस्याको विश्लेषण गर्दै सबै संसदवादी दलहरुमा विखण्डन रहेको बताएको छ ।
सो पार्टीले देशको राजनीतिक व्यवस्था र जनताका बीचमा चरम अन्तरविरोध पैदा भएको भन्दै यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । सो पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा यस्तो जनाइएको छ ।
विज्ञप्तिमा रुसी क्रान्तिका नेता कमरेड लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमा विकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको जनाइएको छ ।
साथै अमेरिका लगायत साम्राज्यवादीहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेकोले विश्व विस्फोटको संघारमा पुगेको भन्दै साम्राज्यवादका विरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवाद गर्न जरुरी भएको सो पार्टीको धारणा रहेको छ ।
साथै पार्टीले साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न र मानवसंहार रोक्न पनि आह्वान गरेको छ ।
पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले पत्रकारले उठाएका प्रश्नका जवाफ दिएका छन् । एक प्रसंगमा उनले नेपालको संसदवादी दलहरु र तिनले बनाएको संविधान र काुननले महलिा र आदिवासीहरुमाथि दमन थोपरेको भन्दै पूर्ण क्रान्तिले मात्र यो समस्याको हल गर्ने बताए ।
महासचिव बास्तोलाले नेपालमा जात व्यवस्थाले मानिसहरुलाई जबरजस्ती सिमान्कृत र खण्डिकरण गर्दै लगेको भन्दै जात व्यवस्था समाप्त गर्नुपर्नेमा जोड दिए ।
महासचिव बास्तोलाले विदेशीको दलाली गरेर नेपालको व्यवस्थाले नेपाली युवालाई विदेश लखेटेर देशकै अस्तित्व समाप्त पार्ने अवस्था सिर्जना गरेकोले यो व्यवस्थाको छिटो अन्त्यको आवस्यकता परिसकेको बताए ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफमा बास्तोलाले आफ्नो पार्टीका कुनै सैद्धान्तिक मतभेद नभएको भन्दै समाजवादी गणतन्त्र स्थापनाको दिशामा आफ्नो पार्टी निरन्तर संघर्षमा रहेकोमा जोड दिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया