चितवन, खैरहनी — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) खैरहनी नगरकमिटीले खैरहनी नगरपालिकाको नापी कार्यालय प्रमुख शालिकराम लम्सालविरुद्ध उनकै ार्यकक्षमा गएर जनकारबाही गरेको छ । पार्टीले जारी गरेको पे्रस नोट उनलाई विभिन्न अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको छ ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार, लम्सालले पूर्वी चितवनका विभिन्न स्थानको जग्गा कित्ताकाट गर्ने क्रममा मोटो रकम बुझ्ने, भू–माफियासँग मिली कित्ताकाट गर्न नमिल्ने जग्गा समेत टुर्क्याई दिने र माफियाहरूलाई सहयोग पुर्याउनेजस्ता कार्य गरेको आरोप छ । साथै, सेवाग्राहीबाट विभिन्न शीर्षकमा अतिरिक्त रकम असुलेको र कार्यालय समय बाहिर भू–माफियासँग बसेर चलखेल गर्ने तथा सरकारी काममा ढिलासुस्ती गर्ने गरेको पनि पार्टीले आरोप लगाएको छ । नेकपा (बहुमत) खैरहनी नगरकमिटीले यस्तो गतिविधिले कार्यालयको विश्वसनीयता माथि शंका पैदा मात्र नभई सर्वसाधारणको अधिकार समेत हनन भएको भन्दै जनकारबाही गरेको जनाएको छ ।
प्रतिक्रिया