
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भूमाफियाहरुसँग मिलेर भ्रष्टाचार र जनतालाई अनावश्यक दुःख दिने नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई कालोमोसो दलेको छ । मङ्गलबार नेकपा (बहुमत) चितवनको खैरहनी नगर कमिटी सेक्रेटरी ज्वालाले प्रेस वक्तव्यमार्फत नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई कार्यकक्षमै कालो मोसो दलेको जानकारी गराएका छन् । साथै उनले यतिबेला राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याबाट नेपाली जनता आक्रान्त बनिरहेको अवस्थामा भूमाफियाहरूको हालीमुहाली बढ्दै गएकोले अवदेखि यस्तो गतिविधिहरू भएमा थप जनसङ्घर्षमार्फत कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
नगर सेक्रेटरी ज्वालाद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेकपा (बहुमत) दलाल संसदीय व्यवस्थाको विकृति विसंगति भ्रष्टाचार कमिसनतन्त्र भूमाफिया दलालतन्त्र, बैंक, सहकारी लघुवित्त शोषणविरुद्ध निरन्तर रूपमा जनसङ्घर्ष गर्दै आएको कुरा सबै अवगत छ । यतिबेला राष्ट्रियता, जनतन्त्र, जनजीविका समस्याबाट नेपाली जनता आक्रान्त बनिरहेको अवस्थामा भूमाफियाहरूको हालीमुहाली बढ्दै गएको छ । यस सन्दर्भमा खैरहनी नगरपालिका अन्तरगत नापी कार्यालय प्रमुख शालिकराम लम्साललाई मौखिक रुपमा पटकपटक सल्लाह दिँदा पनि कुनै सुनवाई गर्नु भएन । बाध्य भएर जनकारवाहीमा जानुपर्ने परिस्थिति उहाँ आफैँले निम्त्याउनु भयो । उहाँले भूमाफियासँग मिलेर पूर्वि चितवनको विभिन्न ठाउँको कित्ताकाट गर्ने र मोटो रकम बुझ्ने भूमाफियाहरूको योजनामा नमिल्ने जग्गालाई पनि कित्ताकाट गरि माफियाहरूलाई सहयोग गर्ने आम सर्वसाधारण सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम असुल्ने कार्यालयमा कार्यालय समयभन्दा सँधै ढिला आउँने जस्तो गतिविधि निरन्तर भएकोले खैरहनी नगर कमिटीले जनकारवाही गरेको सबैमा जानकारी गराइन्छ । यदि पुनः यस्तो गतिविधिहरू भएमा थप जनसङ्घर्षमार्फत कारवाही गरिने छ ।’

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया