
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुचर्चित वार्ता सम्पन्न भएको छ । कडा सुरक्षाका बीच अमेरकाको आस्कामा भएको वार्ता रुस—युक्रेन युद्ध अन्त्य गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।
पुटिनसँगको भेटवार्ता लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसितको वार्ता सकारात्मक भएको र बल युक्रेनको कोर्टमा गएको बताए ।
शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे ।
‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलेन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ ।’
सम्झौतामा अवरोध भइरहेका बुँदाबारे विस्तृत खुलासा गर्न अस्वीकार गर्दै ट्रम्पले केवल ‘के गर्न सकिन्छ भनेर हेर्ने’ इच्छा व्यक्त गरे । सम्झौता शुक्रबार टुङ्गिन नसके पनि उनले वार्तालाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए—‘यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ ।’
ट्रम्पका अनुसार पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनका लागि सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ भएको छ । उनले भने, ‘हामी धेरै कुरामा सहमत भएका छौँ, बैठक न्यानो माहौलमा भयो ।’ उनले पुटिनलाई उनले ‘बलियो र कडा नेता’ भनेका छन् ।
ट्रम्पले भने, ‘हामी युद्ध अन्त्यको धेरै नजिक छौँ, तर अन्ततः युक्रेनले यसमा सहमत हुनुपर्छ ।’ उनले जेलिन्स्कीलाई सन्देश दिँदै भने, ‘सम्झौता गर्नै पर्छ ।’
यसअघि रुसलाई कडा प्रतिबन्ध लगायत ‘गम्भीर परिणाम’ भोग्नु पर्ने चेतावनी दिएका ट्रम्पले अहिले भने त्यसमा पछि हटेका छन् । ‘आजको बैठकका कारण अहिले त्यसबारे सोच्न आवश्यक छैन,’ उनले भने, ‘सायद दुई वा तीन हप्तामा सोच्नुपर्ला, तर अहिले होइन ।’
ट्रम्पसितको वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना पूर्ववत अडानहरू भने कायमै राखेका छन् ।
पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहोर्याए । न्यूयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन् ।
युक्रेनको ठूलो भू–भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडानहरु वार्तामा पुटिनले राखेका छन् ।
यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन् । अमेरिकाकै पहलमा सुरु गरेको रुससितको युद्ध ट्रम्प अब भने रुससित वार्ता गरेर टुंग्याउन चाहन्छन् । ट्रम्प रुसमा मागहरु पुरा गरेरै भएपनि यो युद्ध अन्त्य गर्न चाहन्छन् तर रुससितको युद्धमा सहयोगी युरोपेली देशहरु भने रुस हावी हुनेगरी युक्रेन युद्ध अन्त्य गर्न मानिरहेका छैनन् ।
ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए । त्यसक्रममा उनीहरूले जमिनको अदलाबदली लगायतका युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए ।
ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जवाफ दिएका थिए । तर रुसी मागहरु पुरा गर्दा युक्रेन र युरोपेली नेताहरुले नमानेमा युद्ध झन लम्बिन जानसक्छ । यदि यस्तो भएमा यो युद्धबाट अमेरिकाले हात झिक्ला कि रुससित झन ठूलो युद्धमा साभागी होला ? यो प्रश्नको जवाफ पाउन भने केही समय पर्खन पर्ला ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया