News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार विचार समाचार

कांग्रेस महामन्त्री शर्माले ल्याए लिम्पियाधुरा-लिपुलेक जाेगाउने ६ बुँदे प्रस्ताव

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतले नेपाली भूमि लिम्पियाधुरादेखि लिपुलेककाे जमिनमा गरेको सहमतिको विरोध जनाउँदै राष्ट्रिय एकताको पक्षमा ६ बुँदे ऐक्यबद्ध पहलको प्रस्ताव गरेका छन् ।

शर्माले बुधबार सामाजिक सञ्जालमार्फत सरकार, संसद, राजनीतिक दलहरू र सम्पूर्ण नेपाली जनतालाई राष्ट्रियतासम्बन्धी विषयमा एउटै दृष्टिकोण र साझा प्रतिबद्धतामा उभिन आह्वान गरेका हुन् ।

‘लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ,’ उनले लेखेका छन्, ‘अनेकौं फरक मतका बीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी छ ।’

यस्ता छन्  विश्वप्रकाशका ६ बुँदे पहल :
१. सरकारले सर्वदलीय वा सर्वपक्षीय बैठक आह्वान गरोस् ।
२. सो बैठकबाट विकसित घटनाक्रममा साझा दृष्टिकोण र प्रतिबद्धता निर्माण गरियोस् ।
३. ३१ जेठ २०७७ मा संसदबाट सर्वसम्मत पारित ‘चुच्चे नक्सा’लाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप प्रष्ट पारियोस् ।
४. भारत–चीनबीच २०१५ मे १५ मा लिपुलेकबारे भएको सहमति र नेपालले त्यसबेला पठाएको कूटनीतिक नोट स्मरण गराउँदै हालैको सहमति उपर पुनः कूटनीतिक नोट पठाइयोस् ।
५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिएर प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गरियोस् ।
६. नेपाल–भारत सीमासम्बन्धी बौद्धिक सुझावका लागि गठन गरिएको नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) को प्रतिवेदन दुवै प्रधानमन्त्रीले स्वीकृत गरी त्यसलाई आधार बनाएर समस्या समाधान खोजियोस् ।

प्रतिक्रिया