काठमाडौं । नेपालको भूमि अवैधानिकरुपमा प्रयोग गरेर व्यापार गर्ने भन्दै चीन र भारतले हालै गरेको सहमतिप्रति नेपालका ९ कम्युनिष्ट पार्टीहरुले कडा आपत्ति जनाएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा, नेकपा मसाल, नेकपा (बहुमत), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र अखिल नेपाल कम्युनष्टि पार्टीले संयुक्त विज्ञप्ति जारी गरि चीन र भारतको सो कदमप्रति आपत्ति जनाएक हुन् ।
विज्ञप्तिमा ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारीक कागजात तथा अकाट्य प्रमाणहरुले लिम्पियाधुरादेखि पूर्वको भूमि नेपालकै भएको पुष्टि भएको कुरालाई बेवास्ता गर्दै नेपालको लिपुलेक पासहुँदै चीन र भारतले सीमापार व्यापार गर्ने सहमति गर्नु निन्दनीय भएको जिकिर गरिएको छ ।
विज्ञप्तिमा नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुनेगरी नेपालको भूभागमा २ देशले व्यापारी नाका बनाउने सहमतिको तत्काल खारेजीको पहल गर्न नेपाल सरकारसित माग गरिएएको छ ।
प्रतिक्रिया