News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय मुख्य समाचार राजनीति समाचार

युक्रेनसितकाे युद्द अन्त्यको लागि रुसले उठायो जेलेन्स्कीको वैधानिकतमाथि प्रश्न

काठमाडौं । रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन् । यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् ।

लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने स्पष्ट हुन्छ ।’

उनले थपे, ‘युक्रेनको संविधानका अनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन् । उनी डि–फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ ।’

रूसले लामो समयदेखि जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएको छ । उनको कार्यकाल मे महिनामा सकिएको हो, तर किभको भनाइमा मार्शल ल लागू भएकाले उनका अधिकार बढेको छ । र, उनी अझै पनि राष्ट्रपति नै हुन् । निर्वाचित राष्ट्रपति जेलेन्स्कीको पदावधि सकिएकोले त्यस्तो व्यक्तिसित युद्ध अन्त्य गर्ने वार्ताको वैधानिकता नहुने रुसको भर्ना रहेको छ ।
यसअघि वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनाव बारे प्रश्न उठाएका थिए । जवाफमा जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।
जेलेन्स्कीले आइतबार पुटिनसँगको प्रत्यक्ष भेटवार्ता नै युद्ध रोक्ने सबैभन्दा प्रभावकारी उपाय रहेको बताएका थिए ।

प्रतिक्रिया