काठमाडौं । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर राख्न अनिवार्य गर्न लागेको विरुद्धमा नेकपा (बहुमत)ले आज भाद्र १३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको छ ।
प्रदर्शन दिउसो १ बजेदेखि नयाँ बानेश्वरको मीनभवनस्थित यातायत व्यवस्था विभागको कार्यालय अगाडी हुनेछ । सो विरोध प्रदर्शनमा सहभागी हुन नेकपा (बहुमत)ले सबैमा आह्वान गरेको छ ।
विरोध प्रदर्शनका लागि ‘कमिसनको खेलमा गरिएको इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्ब खारेज गर ! इम्बोस्ड नम्बर प्लेट प्रकरणमा भएको जनघात र राष्ट्रघातका विरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी बनौं ।’ भन्ने नारा दिइएको छ ।
सरकारले सवारी साधनमा इम्बाेस्ड नम्बर अनिवार्य राख्नु पर्ने र अंग्रेजी भाषामै लेख्नु पर्ने निर्देशन गरेपिछ यसकाे चाैतर्फी विराेध भइरहेकाे बेला नेकपा बहुमतले पनि यसकाे विराेधमा प्रदर्शन गर्न लागेकाे हाे ।
प्रतिक्रिया