
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । सवारी साधनहरुमा अनिवार्यरुपमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर लेख्नुपर्ने सरकारी निर्देशन र सो इम्बोस्ड नम्बर छाप्ने ठेक्का विश्वबैंकको कालोसूचीमा परेको विदेशी कम्पनीलाई दिइ अर्बौंको आर्थिक भ्रष्टाचार गर्न लागिएको भन्दै सो कदम विरुद्ध नेकपा (बहुमत)ले आज यातायात व्यवस्था विभागमा विरोध प्रदर्शन गरेको छ ।
इम्बोस्ड नम्बरमा भएको जनघात र राष्ट्रघात मुर्दावाद’, भ्रष्टाचारीको सम्पत्ती राष्ट्रियकरण गर, कमिसनखोरहरु होसियार, कमिसनको खेलमा गरिएको इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्व खारेज गर, लगायतका नारा लेखिएका व्यानर तथा पम्प्लेट बोकेका नेकपा (बहुमत)का नेता र कार्यकर्ताले यातायात व्यवस्था विभागको कार्यालय परिसरमा प्रदर्शन गरेका थिए ।
सो अवसरमा मन्तव्य राख्दै सो पार्टीका ३ नम्बर ब्यूरोका इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ले सिंहदरबार र बानेश्वरका भवनमा बसेर शासन गरिरहेका भ्रष्टाचारी शासकले इम्बोस्ड नम्बर प्रकरणमा पनि अर्बौं भ्रष्टाचार गर्न लागेको भन्दै आक्रोस व्यक्त गरे ।
कालोसूचीमा परेको विदेशी कम्पनीलाई दिन गरिएको ठेक्का प्रकृया र इम्बोस्ड प्लेटमा अंग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै इन्चार्ज दीपकले यसकाण्डका भ्रष्टाचारीलाई सडकमा ल्याएर घिसार्ने चेतावनी दिए । मन्तव्यको क्रममा इन्चार्ज दीपकले इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य गरिनुलाई नेपाली मात्रृभाषामाथिको बलात्कार र अत्याचार भएको बताए ।
इन्चार्ज दीपकले नेपाल बहुभाषिक र बहुसाँस्कृतिक देश भएकोले प्रदेशहरुमा मातृभाषामा पढाइ हुनुपर्ने र सरकारी कामकाजको भाषामा पनि मातृभाषाको प्रयोग गर्नुपर्ने माग उठिरहेको समयमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा अनिवार्य गर्न खोजिनु नेपाली भाषामाथिको अत्याचार भएको बताए ।
दीकपले इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने भनिएको विदेशी कम्पनी विश्वबैंकको कालोसूचीमा परेकोले कालोसूचीमा परेको कम्पनीलाई प्लेट बनाउने ठेक्का दिएर सरकारी अधिकारी र मन्त्रीहरुले भ्रष्टाचार गर्न खोजेको भन्दै यो प्रकृया तत्काल खारेज गर्न माग गरे ।
आजै सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्का विश्वबैंकको कालोसूचीमा परेको कम्पनीलाई दिन लागिएको र यसमा अर्बौं भ्रष्टाचारको खेल रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।
बास्तोलाले विज्ञप्तिमा अख्तियारमा यसका बारेमा मुद्दासमेत दायर हुँदा पनि हालसम्म मौनता साँधिनु अनौठो कुरा भएको बताएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया