News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति समाचार

नेवाः मुक्तिमोर्चाका संयोजक श्रेष्ठका बुवाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेकपा (बहुमत)ले आफ्‌नो पार्टी सम्बद्ध नेवाः मुक्तिमोर्चाका संयोजक जयराम श्रेष्ठका बुवा सीताराम श्रेष्ठको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

यही भाद्र ९ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका—९ स्थित अल्का अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा श्रेष्ठको निधन भएकोप्रति पार्टीका कार्यालय सचिव अविरलद्धारा एक शोकवक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् ।
श्रेष्ठको निधनले पार्टीलाई स्तब्ध गराएको भन्दै सचिव अविरलले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाछन् भने मोर्चाका संयोजक जयराम श्रेष्ठ लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया