
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । अमेरिकाले भारतमाथि कर लगाएपछि दुई देशबीच तनाव देखिएको छ । यस समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार भारतलाई निशाना बनाइरहेका थिए ।
तर हालै चीनमा सम्पन्न एससीओ सम्मेलनपछि ट्रम्पको मनोवृत्ति नरम हुँदै गएको देखिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिदै भारत र रुसलाई चीनसँग गुमाइसकेको टिप्पणी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा एउटा तस्वीर पनि सेयर गरेका छन् । यस तस्वीरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ देखिएका छन् । यस पोस्टमा डोनाल्ड ट्रम्पले लेखेका छन्- यस्तो देखिन्छ, हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं । भगवानले उनीहरूलाई लामो र समृद्ध भविष्य प्रदान गरून् ।’
ट्रम्पको यो टिप्पणी यस्तो समयमा आएको हो, जब हालै चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकटताले विश्वको ध्यान खिचेको थियो ।
ट्रम्प प्रशासनले भारतीय सामानमा लाग्ने भन्सार कर दोब्बर पारेर ५० प्रतिशत पुर्याएपछि र रूसबाट कच्चा तेल खरिद गर्दा थप २५ प्रतिशत शुल्क लगाएपछि भारत-अमेरिका सम्बन्धमा तिक्तता अझ गहिरो बनेको समयमा यो सम्मेलन भएको थियो ।
ट्रम्प प्रशासनले अमेरिका-भारत सम्बन्धलाई दशकौं पछाडि धकेलेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री मोदी रूस र चीनको नजिक पुगेका छन् । बेइजिङले आफूलाई अमेरिका र डोनाल्ड ट्रम्पको विकल्पको रूपमा प्रस्तुत गरेको विश्लेषण अहिले भइरहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया