
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरुको पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाईमार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए । तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे खुलाएका छैनन् ।
पुटिनले सो पहललाई अस्वीकार गर्दै यस्ता विदेशी सैनिकलाई ‘वैध लक्ष्य‘ ठहरिने चेतावनी दिएका छन् । उनले भने, ‘अवैध रूपमा युक्रेनमा देखापर्ने कुनै पनि सेना आक्रमणको लक्ष्य हुनेछ ।’
अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौता हुने आशा जागेको थियो तर अहिले तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ । पुटिनले शुक्रबार पत्रकारहरूसँग भने, ‘म युक्रेनी नेतासँग सम्पर्क गर्न तयार छु, तर खासै अर्थ देख्दिनँ, किनकि मुख्य विषयमा सहमति सम्भव छैन ।’
त्यसैबिच, ट्रम्पले सामाजिक सञ्जालमार्फत् ‘भारत र रुस गहिरो रूपमा चीनतर्फ ढल्किएको’ दाबी गर्दै तीन देशका नेताहरूको तिञ्जिनमा भएको बैठकको तस्बिरसमेत साझा गरेका छन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको पहललाई ‘धेरै नै रचनात्मक’ भन्दै प्रशंसा गरे पनि युरोपेली मुलुकहरूको प्रयासलाई ‘युद्धलाई लम्ब्याउने काम’ भनेर आलोचना गरेका छन् ।
‘कोएलिसन अफ द विलिङ’ नामक गठबन्धन (बेलायत र फ्रान्सको नेतृत्वमा) युद्धविराम भएपछिको सुरक्षाका लागि तयारी गरिरहेको छ । यस अन्तर्गत युक्रेनको सेना बलियो बनाउने र सीमा क्षेत्रमा सुरक्षा गस्ती गर्ने योजना रहेको छ ।
म्याक्रोंनले सुरक्षा बललाई ‘नयाँ ठुलो आक्रमण रोक्नका लागि मात्र’ पठाइने स्पष्ट पारेका छन् । उनले भने, ‘यो बलको उद्देश्य रुससँग युद्ध गर्ने होइन ।’
युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिस बैठकमा गरिएको निर्णयलाई ‘पहिलो ठोस कदम’ भनेका छन् । उनले हजारौँ विदेशी सैनिक युक्रेन पठाइने बताए पनि अझै यसबारे विस्तृत खुलासा गर्न समय बाँकी रहेको जनाएका छन् ।
अमेरिकाले आफ्नो भूमिका खुलेर बताएको छैन । म्याक्रोंनका अनुसार केही दिनमै वासिङ्टनको सहभागिता स्पष्ट हुनेछ । ट्रम्पले अघिल्लो हप्ता अमेरिकाको सहयोग ‘हवाई सुरक्षामा’ केन्द्रित हुने सङ्केत दिएका थिए ।
पुटिन र ट्रम्पबिच निकट भविष्यमा पुनः संवाद हुने भएको छ । दुवै नेताले ‘खुला र सकारात्मक संवाद’ भइरहेको बताएका छन् । रुस—युक्रेन युद्ध अब समाप्तिको अन्तिम अवस्थामा आइपुगेको बताइन्छ । त्यसका लागि अब ३ वटा कामहरु हुन जरुरी छ ।
१) रुसले युक्रेनलाई समाप्त पार्नुपर्छ
२) युक्रेनले रुसलाई पछि धकेल्नु पर्छ
३) शान्तिवार्ता सफल भएर युद्ध रोकिनु पर्छ ।
यी कामहरुमध्ये पहिलोमा रुसले आफ्नो उद्धेश्य युक्रेनी भूमि कब्जा गर्ने उद्धेश्य नभएको बरु युक्रेन नेटोमा जान नहुने, युक्रेन तटस्थ राष्ट्र हुनुपर्ने बताएको छ, जुन पुरा हुनको लागि अमेरिका तयार भएपनि युरोपेली देशहरु तयार छैनन् । यसैकारण युद्ध लम्बिएको छ । दोस्रोमा झण्डै २५ प्रतिशत भूमि गुमाइसकेको युक्रेनले रुसलाई पछि धकेल्न सक्ने अवस्था छैन । तेस्रोमा रहेको शान्तिवार्तामार्फत् युद्ध समाप्त हुनका लागि रुस र युक्रेन तथा युरोपेली देशहरुका शर्तहरु बाधक बनेका छन् ।
युक्रेनी नेता जेलेन्स्की नेटोमा समावेश भएर युक्रेनलाई रुसबाट सुरक्षित राख्न चाहन्छन् भने रुस युक्रेनलाई तटस्थ राष्ट्र बनाएर नेटोमा आवद्ध हुनबाट रोक्न र आफ्नो देशको सुरक्षाको ग्ग्यारेन्टी गर्न चाहन्छ । तर पूर्वीयुरोपमा नेटोको सेना विस्तार नगर्ने शर्तबाट अमेरिका र युरोपेली देशहरु पछि हटेर रुसलाई धोका दिएका कारण रुस सजिलै युक्रेनबाट पछि हट्ने सम्भावना छैन ।
यस्तो अवस्थामा ट्रम्प रुससित लडेर रुसलाई जित्न नसकिने देखेर पुटिनसित वार्ता गरी युद्ध रोक्न चाहन्छन् भने युक्रेनलाई नेटोमा आवद्ध हुनबाट रोकेर रुसको सुरक्षाको ग्यारन्टी भएमा पुटिन युद्ध रोक्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ । यस्तो अवस्थामा उनीहरुका रणनीतिहरु कसरी अगाडी बढ्लान् यसै भन्न सकिन्न ।
पछिल्लो चरणमा नेटो देशहरुले युक्रेनलाई थप पैसा र हतियार दिने र रुससितको लडाइँ थप चर्काउने तयारीमा रहेको थाहा पाएका पुटिनले युक्रेनमा जुन जुन देशका सेना देखिन्छन् ती—ती देशहरुमै आक्रमण गर्ने धम्की दिएका छन् । यस्तो अवस्थामा उनीहरुले लिने नीतिहरु नै अबको युक्रेन युद्धको भविष्य निर्धारण हुनेछ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया