News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार समाचार

फेसबुकपछि आजबाट युटुब पनि बन्द, संसदीय अधिनायकवादकाे पराकाष्टा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्द गरेको हो ।

युट्युब बन्द भएसँगै त्यहाँ भएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडी लगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेबब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ ।

उनका अनुसार हिजोदेखि फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेबब्राउजरमा युट्युब पनि बन्द छ र मोबाइलमा बन्द हुने क्रममा छन् ।

प्रतिक्रिया