नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्लाको वैचारिक राजनीतिक प्रशिक्षण एवम् प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार नवलपुरकाे रजहरमा सम्पन्न वैचारिक राजनीतिक प्रशिक्षण एवम् प्रथम जिल्ला भेलाले जीवनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।
उक्त भेलामा नेकपा (बहुमत) का ४ नम्बर ब्युरो इन्चार्ज तथा स्थायी समिति सदस्य प्रबीरले मैनबत्ती प्रज्ज्वलन गरी भेलाको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया