
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्लाले छोरेपाटनमा भदौ १९ गते भएको खुकुरी काण्डलाई लिएर विरोध गरेको छ । कास्की जिल्लाका सेक्रेटरी एलबि सुजनले भदौ २२ गते निकालेको वक्तव्यमा उक्त घटनाको विरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको —“हाम्रो पार्टी नेकपा (बहुमत)ले राष्ट्रको सार्वजनिक सम्पत्तिहरुलाई नीजीकरण गर्ने षड्यन्त्रको विरुद्धमा सदैव संघर्ष गर्दै आएको कुरा अवगत नै छ। यसै सन्दर्भमा विगत ४८ वर्ष देखि पोखरा महानगरपालिका – १७, छोरेपाटनस्थित श्री छोरेपाटन मा.वि द्वारा भोगचलन गर्दै आएको विद्यालयको मुख्य आयस्रोत पातले छाँगो जुन पोखरा महानगरपालिकाले आफ्नै समाजवाद उन्मुख भनिएको राज्यको समाजवादी नीति विपरीत नीजी कम्पनी सेती क्यान्योन प्रा.लि. लाई ४० वर्षका लागि ठेक्का दिने सम्झौता आफैमा अन्तरविरोधी छ साथै यसले आम विद्यार्थी, अभिभावक, जनता र देशकै हित विपरीत निर्णय गरेको कुरा प्रष्ट छ । कमिसनकै लागी करोडौ रुपियाँ घाटा हुने गरी नीजी कम्पनीलाई ठेक्का दिने सम्झौता वास्तवमा केही मुठ्ठीभर दलालहरुको स्वार्थका लागि मात्रै केन्द्रित गरिएको भन्ने प्रष्ट छ । यस सम्झौता विरुद्ध स्थानीय जनता, विद्यार्थी, विद्यार्थी संगठन, विभिन्न दल संगठनहरुले उक्त सम्झौता बेठीक भएको भनेर लगातार विरोध गर्नुका साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गर्दै आएका छन् । यद्यपी यस विषयमा स्थानीय आमजनता, सरोकारवालाहरुलाई पाखा लगाएर सबै प्रकारका सुरक्षाकर्मीहरु, गुण्डाहरु जम्मा गरी उनीहरुको बलमा सार्वजनिक सुनुवाई गरी नाटक मंचन गर्न कोशिष गरेको यो दोस्रो पटक हो । विद्यार्थी संगठनका विद्यार्थी नेताहरू, स्थानीय जनतामाथि नै केही गुण्डाहरु जम्मा गरी खुकुरी प्रहार समेत गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति हामी खेद प्रकट गर्न चाहन्छौ ।
विज्ञप्तिमा अगाडि भनिएको छ —“जनप्रतिनिधि जस्तो व्यक्तित्व भएर पनि टोले गुण्डा पालेर आम जनतामाथि शक्ति प्रदर्शन नगर्न पोखरा महानगरपालिकालाई चेतावनी पनि दिन चाहन्छौ। विद्यालयले भोगचलन गर्दै आएको सम्पत्ति विद्यालयकै स्वामित्वमा हुनुपर्छ ।स्थानीय सरकारको स्वामित्व र नियन्त्रणमा हुनुपर्छ । यो विकल्प बाहेक तेस्रोमा गएर निश्चित कमिसनको नाममा निजि कम्पनीलाई दिने कार्यको निर्णयबाट पछाडी हट्न र समग्र महानगर भित्रका सम्पुर्ण सरकारी विद्यालय,विद्यार्थी र जनताको पक्षमा निर्णय गर्न हामी पोखरा महानगरपालिकालाई लाल अनुरोध पनि गर्दछौं । अन्त्यमा निजि कम्पनीलाई दिन लाएको पातले छांगोको ठेक्का सम्झौता खारेज गरिएन भने हामी चरणबद्ध संघर्षमा जान बाध्य हुने कुरा जानकारी गराउँदै उक्त समझौता प्रक्रियाका कुनै पनि कामकारबाही नगर्न सेती क्यान्योन प्रालिलाई पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौ ।”
स्मरण रहोस् असार २७ गतेका दिन बहुमत निकट अखिल (क्रान्तिकारी) ले छोरेपाटनको जग्गा निजी कम्पनी दिन हस्ताक्षर गर्ने उक्त विद्यालयका अध्यक्ष बदिनाथ पहारीलाइृ कालोमोसो दलेको थियो ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया