
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
घोराही । नेकपा (बहुमत) का कार्यकर्ताहरुले एक मिटरब्याजी दम्पतीको नाक काटिदिएका छन् । दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमरले बताएका छन् ।
घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै बिहिबार बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । पिलासले समातेर चक्कुले उनीहरुको नाक काटिदिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।
नेकपा बहुमतले एक विज्ञप्ति जारी गर्दै बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाहि गरेको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो ।
बिहिबार बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाहि गरेको जनाएका छन् । जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डि कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाहि गर्नु परेको बहुमतले प्रष्ट पारेको छ ।
यससँगै नेकपा बहुमतले मिटरव्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । नेकपा बहुमतले विभिन्न आरोपसहितको बिज्ञप्ती सार्वजनिक गरेको छ भने १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया