
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङले टिकटक सम्झौतालाई स्वीकृति दिएको बताएका छन् । यसबाट भिडियो सेयरिङ प्लेटफर्मले अमेरिकामा आफ्नो काम जारी राख्नसक्ने बताएका छन् ।
ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग राष्ट्रपति सीसँग राम्रो कुराकानी भएको र उनले टिकटक सम्झौतालाई स्वीकृति दिएको बताए ।
यो सम्झौता पूरा हुने प्रतीक्षामा रहेको र यसमा हस्ताक्षर गर्नुपर्ने औपचारिकता मात्र बाँकी भएको उनले बताए । टिकटक सम्झौता चाँडै हुने भन्दै लगानीकर्ताहरूले तयारी गरिरहेको उनले बताए ।
ट्रम्पले यसलाई अमेरिकाका लागि धेरै राम्रो सम्झौता भएको बताए । उनले अमेरिकाको यो एपमा कडा नियन्त्रण हुने पनि बताए ।
अमेरिकाले यसअघि एउटा कानुन पारित गरेको थियो, जसअन्तर्गत चिनियाँ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी हिस्सा बेच्नुपर्ने थियो । अन्यथा १९ जनवरी २०२५ देखि एपमाथि प्रतिबन्ध लाग्ने थियो । तर, ट्रम्प सरकारले अहिलेसम्म यसलाई लागु गरेको छैन ।
सी र ट्रम्पको कुराकानी लगत्तै बाइटडान्सले विज्ञप्ति जारी गर्दै राष्ट्रपति सी र ट्रम्पलाई धन्यवाद दिएको छ । टिकटकले अमेरिकामा प्रयोगकर्ताहरूलाई सेवा जारी राख्ने र चिनियाँ कानुन अनुसार आवश्यक कदम उठाउने पनि बताएको छ ।
मिडिया रिपोर्टका अनुसार यो सम्झौता अन्तर्गत अमेरिकी लगानीकर्ताहरूले टिकटकमा ८० प्रतिशत हिस्सा लिनेछन् । बाँकी २० प्रतिशत चिनियाँ कम्पनीहरूसँग रहनेछ । यसमा बाइटडान्स पनि समावेश छ ।
प्रतिक्रिया