
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडाैं । उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने सर्त अमेरिकाले छोड्यो भने अमेरिकासँग वार्ता गर्न तयार रहेको किम जोङ उनले बताएका छन्। वार्ता गर्न तयार रहे पनि अमेरिका लगायत पश्चिमा देशहरूले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी अन्त्य गर्न आणविक हतियार कहिल्यै नत्याग्ने किमले स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा किम र ट्रम्पले तीन पटक वार्ता गरेका थिए। तर किमले आणविक हतियार कार्यक्रम त्याग्न नमानेपछि दुई देशबीच सम्झौता हुन सकेको थिएन।
‘व्यक्तिगत रूपमा, मसँग अझै पनि अमेरिकी राष्ट्रपति (डोनाल्ड) ट्रम्पका राम्रा सम्झनाहरू छन्,’ उत्तर कोरियाको सर्वोच्च जनसभामा दिएको भाषणमा किमले बताएको भनेर सरकारी सञ्चार माध्यमले केसीएनएले जनाएको छ।
दक्षिण कोरियाको भर्खरै निर्वाचित उदारवादी सरकारले ट्रम्पलाई किमसँगको संवाद फेरि सुरू गर्न नेतृत्व लिन आग्रह गरेपछि किमको यो टिप्पणी आएको हो।
‘यदि अमेरिकाले हामीलाई आणविक हतियार त्याग्न लगाउने हास्यास्पद जिद्दी छोड्छ र वास्तविकता स्वीकार गर्छ, र वास्तविक शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने, हामी अमेरिकासँग नबस्नुपर्ने कुनै कारण छैन,’ किमले जोड दिएका छन्।
ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको पदभार दोस्रो पटक ग्रहण गरेपछि किमले उनको नाम लिएको यो पहिलो पटक हो । उत्तर कोरियाले सन् २००६ मा आफ्नो पहिलो आणविक परीक्षण गरेदेखि नै संयुक्त राष्ट्र संघले नाकाबन्दी र हतियार प्रतिबन्धमा छ। पछिल्ला दिनमा रूस र चीनले सो नाकाबन्दीको पालना नगरे पनि पश्चिमा देशहरूले अझै पनि कडाइका साथ पालना गरिरहेका छन्।
पहिलो कार्यकालमा ट्रम्पले उत्तर कोरियाका तानाशाह किमसँग दुई पटक शिखर वार्तासहित तीन पटक भेटेका थिए। तर दुई पक्षबीच सहमति नजुटे पछि ती वार्ता विफल भएका थिए। दोस्रो कार्यकाल सुरू भएदेखि नै ट्रम्पले फेरि उत्तर कोरियासँग वार्ता गर्न तयारी थालेका थिए।
दोस्रो कार्यकालमा पनि ट्रम्प सरकारले उत्तर कोरियासँग वार्ता गर्नका लागि आन्तरिक तयारी र बाह्य विज्ञहरूसँग छलफल थालेको भनेर अमेरिकी मिडियामा समाचार आएका थिए। सारा विश्वसँग भन्सार युद्ध सुरू गरेको ट्रम्प सरकार व्यापार बाहेक रूस र युक्रेनबीच युद्ध रोक्न र इरानसँग शान्ति वार्ता गर्नमा व्यस्त भएकाले उत्तर कोरियासँग वार्ता प्राथमिकतामा भने थिएन। तर पनि फेरि पनि किमसँग भेट गर्ने ट्रम्पको चाहना रहेकाले सरकारले त्यसबारे तयारी थालेको थियो।
किमसँग के सर्तमा वार्ता गर्ने भनेर आन्तरिक छलफल, वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूको छलफल र थिंक ट्यांक लगायतका बाह्य विज्ञहरू परामर्श गरिएको थियो। त्यसबारे अमेरिकी अधिकारीहरू र विज्ञहरूसँग परामर्शका लागि उत्तर कोरियाका लागि स्वीडेनका राजदूतले अमेरिकाको भ्रमण पनि गरेका थिए।
उत्तर कोरियामा अमेरिकी दूतावास छैन र स्वीडेनका राजदूतले त्यहाँ अमेरिकाको पनि प्रतिनिधित्व गर्छन्।
स्वीडेनका राजदूतसँग वार्ताको सुरूमा उत्तर कोरियाका कुन अधिकारीसँग कुरा गर्ने भन्नेबारे पनि छलफल भएको थियो।
ट्रम्पको पहिलो कार्यकालका बेला अमेरिकासँग वार्तामा संलग्न लगभग सबै उत्तर कोरियाली अधिकारीहरूलाई किमले सफाया वा कारबाही गरेर पुन: पार्टी नीति पढ्न पठाइसकेका छन्। किमले अमेरिकी मामिलाका लागि कसैलाई पनि दूत नतोकेकाले पनि अहिले वार्ता सुरू गर्दा को सँग गर्ने भन्ने प्रष्टता छैन।
पहिलो कार्यकालको सुरूमा ट्रम्पले किमलाई ‘रकेट मेन’ भन्दै उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की दिए पनि पछि किमलाई तीन पटक भेटेका थिए। सन् २०१८ जुनमा सिंगापुर अनि २०१९ फेब्रुअरीमा हनोइमा दुई पटक शिखर वार्ता अनि २०१९ जुनमा उत्तर र दक्षिण कोरियाको सिमानामा भेटेका थिए।
त्यतिबेला किमसँग वार्ता गर्ने क्रममा ट्रम्पले पटक-पटक चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्यसबारे परामर्श गरेको बताइन्छ। ट्रम्पले धेरै पटक फोन गरेर दिक्क लगाएपछि चिनियाँ पक्षले सी चीनको उत्तर कोरिया हेर्ने ‘डेस्क अफिसर’ होइनन् भनेर ट्रम्पको सचिवालयलाई भन्नु परेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया