
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
३नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
४South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
५गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
६CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
७कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
८संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
९भूमिहीन सुकुम्बासीका पक्षमा नेकपा(बहुमत)को माग : पहिला विकल्प, अनि व्यवस्थापन
१०मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
११रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
१आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
२मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
३गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
४क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
५कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
६संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
७गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
८भूमिहीन सुकुम्बासीका पक्षमा नेकपा(बहुमत)को माग : पहिला विकल्प, अनि व्यवस्थापन
९CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
काठमाडाैं । उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने सर्त अमेरिकाले छोड्यो भने अमेरिकासँग वार्ता गर्न तयार रहेको किम जोङ उनले बताएका छन्। वार्ता गर्न तयार रहे पनि अमेरिका लगायत पश्चिमा देशहरूले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी अन्त्य गर्न आणविक हतियार कहिल्यै नत्याग्ने किमले स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा किम र ट्रम्पले तीन पटक वार्ता गरेका थिए। तर किमले आणविक हतियार कार्यक्रम त्याग्न नमानेपछि दुई देशबीच सम्झौता हुन सकेको थिएन।
‘व्यक्तिगत रूपमा, मसँग अझै पनि अमेरिकी राष्ट्रपति (डोनाल्ड) ट्रम्पका राम्रा सम्झनाहरू छन्,’ उत्तर कोरियाको सर्वोच्च जनसभामा दिएको भाषणमा किमले बताएको भनेर सरकारी सञ्चार माध्यमले केसीएनएले जनाएको छ।
दक्षिण कोरियाको भर्खरै निर्वाचित उदारवादी सरकारले ट्रम्पलाई किमसँगको संवाद फेरि सुरू गर्न नेतृत्व लिन आग्रह गरेपछि किमको यो टिप्पणी आएको हो।
‘यदि अमेरिकाले हामीलाई आणविक हतियार त्याग्न लगाउने हास्यास्पद जिद्दी छोड्छ र वास्तविकता स्वीकार गर्छ, र वास्तविक शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने, हामी अमेरिकासँग नबस्नुपर्ने कुनै कारण छैन,’ किमले जोड दिएका छन्।
ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको पदभार दोस्रो पटक ग्रहण गरेपछि किमले उनको नाम लिएको यो पहिलो पटक हो । उत्तर कोरियाले सन् २००६ मा आफ्नो पहिलो आणविक परीक्षण गरेदेखि नै संयुक्त राष्ट्र संघले नाकाबन्दी र हतियार प्रतिबन्धमा छ। पछिल्ला दिनमा रूस र चीनले सो नाकाबन्दीको पालना नगरे पनि पश्चिमा देशहरूले अझै पनि कडाइका साथ पालना गरिरहेका छन्।
पहिलो कार्यकालमा ट्रम्पले उत्तर कोरियाका तानाशाह किमसँग दुई पटक शिखर वार्तासहित तीन पटक भेटेका थिए। तर दुई पक्षबीच सहमति नजुटे पछि ती वार्ता विफल भएका थिए। दोस्रो कार्यकाल सुरू भएदेखि नै ट्रम्पले फेरि उत्तर कोरियासँग वार्ता गर्न तयारी थालेका थिए।
दोस्रो कार्यकालमा पनि ट्रम्प सरकारले उत्तर कोरियासँग वार्ता गर्नका लागि आन्तरिक तयारी र बाह्य विज्ञहरूसँग छलफल थालेको भनेर अमेरिकी मिडियामा समाचार आएका थिए। सारा विश्वसँग भन्सार युद्ध सुरू गरेको ट्रम्प सरकार व्यापार बाहेक रूस र युक्रेनबीच युद्ध रोक्न र इरानसँग शान्ति वार्ता गर्नमा व्यस्त भएकाले उत्तर कोरियासँग वार्ता प्राथमिकतामा भने थिएन। तर पनि फेरि पनि किमसँग भेट गर्ने ट्रम्पको चाहना रहेकाले सरकारले त्यसबारे तयारी थालेको थियो।
किमसँग के सर्तमा वार्ता गर्ने भनेर आन्तरिक छलफल, वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूको छलफल र थिंक ट्यांक लगायतका बाह्य विज्ञहरू परामर्श गरिएको थियो। त्यसबारे अमेरिकी अधिकारीहरू र विज्ञहरूसँग परामर्शका लागि उत्तर कोरियाका लागि स्वीडेनका राजदूतले अमेरिकाको भ्रमण पनि गरेका थिए।
उत्तर कोरियामा अमेरिकी दूतावास छैन र स्वीडेनका राजदूतले त्यहाँ अमेरिकाको पनि प्रतिनिधित्व गर्छन्।
स्वीडेनका राजदूतसँग वार्ताको सुरूमा उत्तर कोरियाका कुन अधिकारीसँग कुरा गर्ने भन्नेबारे पनि छलफल भएको थियो।
ट्रम्पको पहिलो कार्यकालका बेला अमेरिकासँग वार्तामा संलग्न लगभग सबै उत्तर कोरियाली अधिकारीहरूलाई किमले सफाया वा कारबाही गरेर पुन: पार्टी नीति पढ्न पठाइसकेका छन्। किमले अमेरिकी मामिलाका लागि कसैलाई पनि दूत नतोकेकाले पनि अहिले वार्ता सुरू गर्दा को सँग गर्ने भन्ने प्रष्टता छैन।
पहिलो कार्यकालको सुरूमा ट्रम्पले किमलाई ‘रकेट मेन’ भन्दै उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की दिए पनि पछि किमलाई तीन पटक भेटेका थिए। सन् २०१८ जुनमा सिंगापुर अनि २०१९ फेब्रुअरीमा हनोइमा दुई पटक शिखर वार्ता अनि २०१९ जुनमा उत्तर र दक्षिण कोरियाको सिमानामा भेटेका थिए।
त्यतिबेला किमसँग वार्ता गर्ने क्रममा ट्रम्पले पटक-पटक चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्यसबारे परामर्श गरेको बताइन्छ। ट्रम्पले धेरै पटक फोन गरेर दिक्क लगाएपछि चिनियाँ पक्षले सी चीनको उत्तर कोरिया हेर्ने ‘डेस्क अफिसर’ होइनन् भनेर ट्रम्पको सचिवालयलाई भन्नु परेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)



१आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
२मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
३गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
४क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
५कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
प्रतिक्रिया