
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गरेको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो ।
काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताए । इन्टरनेट सेवाप्रदायकमार्फत् निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उनले उल्लेख गरे ।
सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा, डेटा कति मात्रामा कति समयसम्म निशुल्क उपलब्ध गराउनेलगायत विषय समटेर रणनीति बनाइनेछ ।
“लागतको हकमा अलिकति समस्या हुनसक्छ । हाम्रो बजेट पहिला नै स्वीकृत भइसकेको छ । अहिले नयाँ कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले कार्यान्वयन ‘मोडालिटी’ कस्तो बनाउने भन्ने विषयमा छलफलको चरणमा छौँ”, उनले भने, “सेवा प्रदायकबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो बुझेर कार्यान्वयनका लागि रणनीति बनाएर अघि बढ्छौँ ।”
प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालन सम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ । प्राधिकरणलाई तोकिएको समयसीमाका कारण तत्काल काठमाडौँबाट सेवा सुरु गर्नुपर्ने हतार रहेको सहायक प्रवक्ता पौड्यालले बताए ।
“सबै सेवा प्रदायक, मुख्यत हटस्पट सेवा दिइरहेकालाई प्राधिकरणले अघि बढाउन खाजेको छ”, उनले भने, “बजारमा ठूलो शेयर हिंसा भएका सेवा प्रदायकहरू मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र आइएसपीका ठूला अपरेटरहरूसँग सहकार्य गर्दैछौँ ।”
सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उनले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पारे ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया