News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

नेपालको विजयी सुरुवात : कुवेत ५८ रनले पराजित

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । अन्तिमतिर गुल्शन झाले ६ बलमा २० रनको विस्फोटक पारी खे लेकका थिए । १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । कुवेतका लागि क्लिन्टो अन्टोले २६ र यासिन पटेलले १९ रन बनाए ।

नेपालका बलरहरू उत्कृष्ट रहे — ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए, सन्दीप लामिछानेले ४ ओभरमा २२ रनमा २ विकेट, कप्तान रोहित पौडेलले २ ओभरमा ७ रनमा २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले पनि १–१ विकेट हात पारे ।

प्रतिक्रिया