
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
२३ असोज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले लोकतन्त्र र संविधानको पुनर्बहालीका लागि तत्काल कदम चाल्नुपर्ने बताए । ओलीले भने, “संसद् विघटन असंवैधानिक, गलत, गैरकानूनी र अलोकतान्त्रिक कदम हो । यो देशहितका विरुद्ध छ । कतिपय भन्छन् फागुन २१ पछि मात्रै संसद् पुनर्स्थापनाको माग गरौंला, तर हामी त्यो पर्खंदैनौं । अहिले नै कदम चाल्नुपर्छ ।”
उनले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा उत्रिने विश्वास पनि व्यक्त गरे । “हामी अगाडि बढ्ने बेला आएको छ । नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अघि बढ्नेछन्,” ओलीको भनाइ थियो । कार्यक्रममा ओलीले संसद् विघटनको कारण तत्कालीन प्रधानमन्त्री शीला कार्कीको अडानसँग पनि जोड्दै असंवैधानिक ढंगले संसद् भंग गरिएको टिप्पणी गरे । उनले भने, “संविधान मिच्ने अधिकार कसैले पाएको छैन । संसद् र संविधान जोगाएर निकास खोज्ने सहमति हुँदाहुँदै असंवैधानिक निर्णय लिइयो ।”
ओलीका अनुसार संसद् पुनर्स्थापनाको एजेण्डामा कांग्रेससहित अन्य दलहरूको पनि समर्थन रहनेछ । उनले थपे, “संविधान र संसद् कायम राखेर समाधान खोज्नेमा सबैको सहमति थियो, तर राजनीतिक दलहरूलाई पन्छाएर संसद् विघटन गरियो, जुन गलत कदम हो ।” एमाले अध्यक्ष ओलीले अन्त्यमा भने, “अब समय ढिलो गर्न मिल्दैन । हामी लोकतन्त्र र संविधानको रक्षा गर्न जनशक्तिसहित आन्दोलनमा उत्रिनेछौं ।”
प्रतिक्रिया