
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२३ असोज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले लोकतन्त्र र संविधानको पुनर्बहालीका लागि तत्काल कदम चाल्नुपर्ने बताए । ओलीले भने, “संसद् विघटन असंवैधानिक, गलत, गैरकानूनी र अलोकतान्त्रिक कदम हो । यो देशहितका विरुद्ध छ । कतिपय भन्छन् फागुन २१ पछि मात्रै संसद् पुनर्स्थापनाको माग गरौंला, तर हामी त्यो पर्खंदैनौं । अहिले नै कदम चाल्नुपर्छ ।”
उनले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा उत्रिने विश्वास पनि व्यक्त गरे । “हामी अगाडि बढ्ने बेला आएको छ । नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अघि बढ्नेछन्,” ओलीको भनाइ थियो । कार्यक्रममा ओलीले संसद् विघटनको कारण तत्कालीन प्रधानमन्त्री शीला कार्कीको अडानसँग पनि जोड्दै असंवैधानिक ढंगले संसद् भंग गरिएको टिप्पणी गरे । उनले भने, “संविधान मिच्ने अधिकार कसैले पाएको छैन । संसद् र संविधान जोगाएर निकास खोज्ने सहमति हुँदाहुँदै असंवैधानिक निर्णय लिइयो ।”
ओलीका अनुसार संसद् पुनर्स्थापनाको एजेण्डामा कांग्रेससहित अन्य दलहरूको पनि समर्थन रहनेछ । उनले थपे, “संविधान र संसद् कायम राखेर समाधान खोज्नेमा सबैको सहमति थियो, तर राजनीतिक दलहरूलाई पन्छाएर संसद् विघटन गरियो, जुन गलत कदम हो ।” एमाले अध्यक्ष ओलीले अन्त्यमा भने, “अब समय ढिलो गर्न मिल्दैन । हामी लोकतन्त्र र संविधानको रक्षा गर्न जनशक्तिसहित आन्दोलनमा उत्रिनेछौं ।”
प्रतिक्रिया