
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
२५ असोज, काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको शुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चामा रहेकी टासी ल्हाजोम विवादमा तानिएकी छन् । आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बेला टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा नियुक्त गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि उनी विवादको केन्द्रमा आएकी हुन् ।
जेनजी आन्दोलनका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले जारी गरेको विज्ञप्तिमा टासीको नागरिकता विवादित रहेको र उनी जेनजी आन्दोलनमा कुनै भूमिका नभएको उल्लेख गरिएको छ । साथै, टासी ‘फ्री तिब्बत’ अभियानसँग जोडिएकी हुनसक्ने आशंका व्यक्त गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कर्णालीको प्रतिनिधित्वको नाममा जेनजीहरुसँग कुनै छलफल र परामर्श नगरी निर्णय गर्न खोजिएको छ, जुन अस्वीकार्य छ ।” कर्णालीका जेनजीहरूले सम्भावित प्रतिनिधिहरूको सूचीमा टासीको नाम कहिल्यै प्रस्ताव नभएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतका अनुसार, टासीबारे बढ्दो विवादका बीच प्रधानमन्त्रीले थप छलफल गरेर मात्र निर्णय गर्ने बताएकी छन् । यसैबीच, पूर्वसांसद ज्ञानेन्द्र शाहीले टासी ल्हाजोम नेपाली नागरिक नभएको आरोप लगाउँदै उनलाई अमेरिकी दूतावासको दबाबमा मन्त्री बनाउन खोजिएको दाबी गरेका छन् । सरकारभित्र यस विषयमा अन्तिम निर्णय भइनसकेको र विवादले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ हुन सक्ने बताइँदैछ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया