News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मन्त्री बन्ने चर्चा पछि टासी ल्हाजोम विवादमा

२५ असोज, काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको शुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चामा रहेकी टासी ल्हाजोम विवादमा तानिएकी छन् । आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बेला टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा नियुक्त गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि उनी विवादको केन्द्रमा आएकी हुन् ।
जेनजी आन्दोलनका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले जारी गरेको विज्ञप्तिमा टासीको नागरिकता विवादित रहेको र उनी जेनजी आन्दोलनमा कुनै भूमिका नभएको उल्लेख गरिएको छ । साथै, टासी ‘फ्री तिब्बत’ अभियानसँग जोडिएकी हुनसक्ने आशंका व्यक्त गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कर्णालीको प्रतिनिधित्वको नाममा जेनजीहरुसँग कुनै छलफल र परामर्श नगरी निर्णय गर्न खोजिएको छ, जुन अस्वीकार्य छ ।” कर्णालीका जेनजीहरूले सम्भावित प्रतिनिधिहरूको सूचीमा टासीको नाम कहिल्यै प्रस्ताव नभएको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतका अनुसार, टासीबारे बढ्दो विवादका बीच प्रधानमन्त्रीले थप छलफल गरेर मात्र निर्णय गर्ने बताएकी छन् । यसैबीच, पूर्वसांसद ज्ञानेन्द्र शाहीले टासी ल्हाजोम नेपाली नागरिक नभएको आरोप लगाउँदै उनलाई अमेरिकी दूतावासको दबाबमा मन्त्री बनाउन खोजिएको दाबी गरेका छन् । सरकारभित्र यस विषयमा अन्तिम निर्णय भइनसकेको र विवादले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ हुन सक्ने बताइँदैछ ।

 

प्रतिक्रिया