२८ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन् । देउवा आज दिउँसो एक बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुँदैछन् ।पार्टीका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई समेत बोलाइएको छ ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण भएको थियो । सो क्रममा देउवा दम्पत्ति घाइते भएका थिए भने घरमा आगजनी पनि भएको थियो । लामो समय अस्पतालमा उपचार गराएपछि देउवा हालसम्म आफन्तको निवासमा बस्दै आएका थिए । आजको बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्नेछ । उक्त बैठकले केन्द्रीय कार्यसमितिमा पेश गरिने साझा एजेन्डा तय गर्नेछ ।
प्रतिक्रिया