News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२८ असोज, जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार अपराह्न ४ बजेसम्मका लागि दलहरुलाई आह्वान गरेकी हुन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने तयारी गरेका थिए । तर, पर्याप्त समर्थन नपाएपछि उनले बैठकमै राजीनामा घोषणा गरे । सिंहको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।
यसअघि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत पार्टी र एमालेसँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव अघि सारेका थिए । अब बुधबार दिउँसो ४ बजेसम्म अन्य कुनै दलले दाबी पेश नगरेको खण्डमा यादवको नेतृत्वमा कांग्रेसकै पहलमा नयाँ सरकार गठन हुने देखिएको छ । मधेसको सत्ता समीकरण फेरिने संकेतसँगै प्रदेशको राजनीतिक माहोल पुनः सक्रिय बनेको छ ।

प्रतिक्रिया