News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल

जनकपुर — पाँच दलको समर्थनमा लोसपाका जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । त्यसपछि पाँच दलको समर्थनसहित सोनलले दाबी पेश गरेका थिए । उनी बिहीबारबाट औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारीमा छन् । तर सोनलको नियुक्तिमा कांग्रेस र एमालेले आपत्ति जनाएका छन् । दुवै दलले जनमत पार्टी विभाजन भइसकेकाले सोनलको बहुमत दाबी अमान्य भएको बताएका छन् । जनमतका दुई सांसद सतीशकुमार सिंह र त्रिभुवन साह जनस्वराज पार्टीमा प्रवेश गरेपछि विवाद चर्किएको हो ।
प्रदेश प्रमुखको कार्यालयले भने निर्वाचन आयोगबाट जनस्वराज पार्टी दर्ता वा विभाजनको आधिकारिक जानकारी प्राप्त नभएकाले सोनलको दाबी वैध मानिएको जनाएको छ । कांग्रेस र एमालेका सांसदहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गर्दै नियुक्तिको विरोध गरेका थिए । यसबीच जनमत पार्टीका असन्तुष्ट सांसदहरूले आफूहरूलाई धम्की दिइएको र नियन्त्रणमा राखिएको आरोप लगाएका छन् । राजनीतिक विवादबीच बनेका मुख्यमन्त्री सोनलका लागि प्रदेशको स्थायित्व र सहमतिको राजनीति अहिले प्रमुख चुनौती देखिएको छ ।

प्रतिक्रिया