
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — अन्तरिम सरकारले राजनीतिक भागबन्डामा सिफारिस भएका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १० जना र त्यसअघि सिफारिस भएका एक जना गरी ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार ती सबै राजदूतलाई २० दिनभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ । फिर्ता बोलाइएकामध्ये नरेशविक्रम ढकाल (साउदी अरब), धनप्रसाद पण्डित (इजरायल), शनिल नेपाल (स्पेन), डा. शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) रहेका छन् ।
यीमध्ये ढकाल, पण्डित, नेपाल, रूपाखेती र पौडेल कांग्रेस कोटाबाट र रेग्मी, घिमिरे, चौहान, ओली तथा तिमल्सिना एमाले कोटाबाट नियुक्त भएका थिए । जापानका लागि राजदूत डा. दुर्गाबहादुर सुवेदी २०७८ चैत २४ गते सिफारिस भएका थिए। उनी परराष्ट्र सेवाबाट अवकाश पाइसकेका सहसचिव हुन् र कांग्रेस नेतृ डा. आरजु राणा देउवाको सिफारिसमा नियुक्त भएका थिए । फिर्ता बोलाइएका मध्ये अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी भने गत चैतको पहिलो साता मात्रै कार्यक्षेत्र पुगेका थिए। छ महिनामै उनलाई फिर्ता बोलाइएको हो ।
नेपालका तीन संयुक्त राष्ट्रसंघका स्थायी नियोगसहित ३४ देशमा राजदूतावास र १० महावाणिज्यदूतावास छन् । यीमध्ये बेलायत, भारत, चीन, अमेरिका, जापान, रुस, कतार, साउदी अरब, मलेसिया, स्पेन लगायतका प्रमुख देशहरूमा नेपाली राजदूत छन् । यसपटक फिर्ता बोलाइएकामध्ये ११ जना हटाइए पनि ६ जना राजदूत भने यथावत् रहेका छन् । भारतका डा. शंकरप्रसाद शर्मा, अष्ट्रेलियाकी चित्रलेखा यादव, श्रीलंकाका डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाकी डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्ककी सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका कपिल श्रेष्ठलाई यथावत् राखिएको छ । यीमध्ये शर्मा, यादव र श्रेष्ठ कांग्रेस कोटाका हुन् भने नेपाली, तुम्बाहाङ्फे र तुलाधर एमाले कोटाका हुन् ।
प्रतिक्रिया