
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं, कार्तिक १ गते । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को स्थायी समिति बैठक यही असोज २९ र ३० गते महासचिव क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’को अध्यक्षतामा बसेर देशको समसामयिक राजनीतिक अवस्थाबारे महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा पछिल्लो आन्दोलन, शासन प्रणालीको विफलता, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनतामाथि परेको खतरा लगायतका विषयमा गहिरो मूल्यांकन गरिएको छ । बैठकले भदौ २२ र २३ गते देशभर भएका युवा–विद्यार्थीहरूको आन्दोलनलाई जनताको विद्रोही चेतनाको परिणामका रूपमा बुझेको छ । तर आन्दोलनका मागहरू पूरा नहुनु र त्यसपछिको राजनीतिक परिस्थितिले देश पुनः प्रतिक्रियावादी मोडतर्फ फर्किनु देशर जनताको लागि राम्रो नभएको समेत मूल्यांकन गरिएको छ । पार्टीले जनताका पक्षमा उभिने शक्ति र आन्दोलनबीच अझ सशक्त एकता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
महासचिव बास्तोलाले जारी वक्तव्यमा भनेका छन्, “देशमा रहेको नौकरशाही, पुँजीवादी र नीतिगत भ्रष्ट्राचारले जनता निराश र शासनव्यवस्थामाथि अविश्वास बढाएको छ । प्रतिक्रियावादी शक्तिहरूले जनआन्दोलनको सारलाई हराउँदै पुनः पुरानै शोषणकारी प्रणाली कायम गर्न खोजिरहेका छन् ।” वक्तव्यमा वर्तमान शासन प्रणालीले जनताको वास्तविक आवश्यकता सम्बोधन गर्न असफल भएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याइएको छ । बैठकले युवा पुस्ताले उठाएका राष्ट्रघाती एनजिओ र आईएनजिओहरूको दखल र विदेशी स्वार्थविरुद्धको आवाजलाई उचित ठहर गर्दै राष्ट्रिय स्वाधीनता र जनताको सार्वभौमिकताको रक्षा गर्न सबै वामपन्थी, देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ ।
त्यस्तै, स्थायी समितिले वर्तमान संवेदनशील अवस्थालाई दक्षिणपन्थी सुधारवाद, पलायनवाद र आत्मसमर्पणको खतरा रहेको भन्दै वैज्ञानिक समाजवादको आधारमा नयाँ क्रान्तिकारी आन्दोलन पुनर्गठन गर्ने आवश्यकता रहेको ठहर गरेको छ । वक्तव्यमा “देश र जनताको समस्याको क्रान्तिकारी समाधान खोज्ने सबै शक्तिहरूबीच एकता र समन्वय अपरिहार्य बनेको” उल्लेख गरिएको छ । “क्रान्तिकारी शक्ति, संगठन र व्यक्तिहरूबीचको ऐक्यबद्धता र समन्वयले मात्रै देशको स्वतन्त्रता, जनताको मुक्ति र समाजवादको मार्ग प्रशस्त गर्न सक्छ ।” वास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्ेख छ ।




१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया