
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं, असोज ३१ – नेपालले आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै उपाधि जितेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा सहभागी नौ टोलीमध्ये नेपालले सुपर सिक्स चरणमा सर्वाधिक १० अंक जोड्दै च्याम्पियन बनेको हो । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गर्दै नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको विशाल योगफल बनायो । जवाफी ब्याटिङमा सामोआले २० ओभरमा सात विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।
नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका थिए । आसिफले ४१ बलमा सात चौका र चार छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३ रनको योगदान गरे । लोकेश बम ३९ रनमा अविजित रहे । बलिङतर्फ ललित राजवंशीले तीन विकेट लिए । नेपालका कप्तान रोहितकुमार पौडेलले भने, “हामी भारतका लागि टिकट काट्न सफल भएका छौँ । अब भारत, इंग्ल्यान्ड र अस्ट्रेलियाजस्ता टिमसँग खेल्ने अवसर पाउनेछौँ । यो हाम्रो लागि गर्वको विषय हो ।”
ओमानले पाँच खेलबाट ८ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो भने युएई ६ अंकसहित तेस्रो स्थानमा रह्यो । यी तीन टोली—नेपाल, ओमान र युएई—ले आगामी वर्ष फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया