
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनका विषयमा केन्द्रित बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने छन् । बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षासँगै आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन दिनेछ ।
गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठन गरिएको उक्त समितिले देशभर निर्वाचनका लागि एकीकृत सुरक्षा योजना तयार गरिरहेको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नेबित्तिकै सो समिति गठन गरेका हुन् । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिवका रूपमा कार्यरत छन् ।
गृह मन्त्रालयका अनुसार समितिले तयार पारेको योजना छिट्टै सबै जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले सो योजनाको कार्यान्वयन गर्नेछ । गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै भने, ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ । निर्वाचन आयोगसँग पनि सघन समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोत–साधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’
प्रतिक्रिया