
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
कञ्चनपुर । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज महाकाली नदीमा अन्तिम दाहसंस्कार गरिँदैछ । विपिनको पार्थिव शरीर सोमबार बेलुकी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको उनको घरमा पुर्याइएको थियो । शव इजरायलबाट काठमाडौं ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत घर लगिएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत शव घर पुर्याइएको जनाइएको छ । घर पुगेपछि गाउँ–टोल शोकमग्न बनेको छ । विपिनको परिवार, आफन्त, साथीभाइ र छिमेकीहरू उनको निधनप्रति स्तब्ध छन् ।
हमास समूहले असोज २६ गते विपिनको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेल अविभ ल्याएको थियो । त्यसपछि गरिएको डीएनए परीक्षण र पोस्टमार्टमबाट शव विपिनकै भएको पुष्टि भएको हो । परीक्षण तेल अविभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा गरिएको थियो ।
नेपाली अधिकारीलाई इजरायली पक्षले विपिनको मृत्यु मंसिर महिनातिरै भएको जानकारी दिएको थियो । दुई वर्षअघि नै विपिनको परिवारको डीएनए संकलन गरिएको थियो, र सोही नमुनाका आधारमा शवको पहिचान पुष्टि गरिएको हो । विपिनका दाजु किशोर जोशीले यो घटना परिवारका लागि असह्य पीडा भएको बताएका छन् ।
‘दुई देशबीचको द्वन्द्वमा निर्दोष नेपाली नागरिकको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय छ,’ उनले भने, ‘हामीले भाईको रिहाईका लागि स्वदेश र विदेश दुबै ठाउँमा हारगुहार गर्यौं, तर अन्ततः लाश मात्र भेट्यौं ।’ २५ वर्षका विपिन जोशीको निधनले कञ्चनपुर शोकमा डुबेको छ । आज बिहान उनको अन्तिम दाहसंस्कार महाकाली नदीमा सम्पन्न गरिँदैछ ।
प्रतिक्रिया