
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कञ्चनपुर । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज महाकाली नदीमा अन्तिम दाहसंस्कार गरिँदैछ । विपिनको पार्थिव शरीर सोमबार बेलुकी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको उनको घरमा पुर्याइएको थियो । शव इजरायलबाट काठमाडौं ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत घर लगिएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत शव घर पुर्याइएको जनाइएको छ । घर पुगेपछि गाउँ–टोल शोकमग्न बनेको छ । विपिनको परिवार, आफन्त, साथीभाइ र छिमेकीहरू उनको निधनप्रति स्तब्ध छन् ।
हमास समूहले असोज २६ गते विपिनको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेल अविभ ल्याएको थियो । त्यसपछि गरिएको डीएनए परीक्षण र पोस्टमार्टमबाट शव विपिनकै भएको पुष्टि भएको हो । परीक्षण तेल अविभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा गरिएको थियो ।
नेपाली अधिकारीलाई इजरायली पक्षले विपिनको मृत्यु मंसिर महिनातिरै भएको जानकारी दिएको थियो । दुई वर्षअघि नै विपिनको परिवारको डीएनए संकलन गरिएको थियो, र सोही नमुनाका आधारमा शवको पहिचान पुष्टि गरिएको हो । विपिनका दाजु किशोर जोशीले यो घटना परिवारका लागि असह्य पीडा भएको बताएका छन् ।
‘दुई देशबीचको द्वन्द्वमा निर्दोष नेपाली नागरिकको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय छ,’ उनले भने, ‘हामीले भाईको रिहाईका लागि स्वदेश र विदेश दुबै ठाउँमा हारगुहार गर्यौं, तर अन्ततः लाश मात्र भेट्यौं ।’ २५ वर्षका विपिन जोशीको निधनले कञ्चनपुर शोकमा डुबेको छ । आज बिहान उनको अन्तिम दाहसंस्कार महाकाली नदीमा सम्पन्न गरिँदैछ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया