
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१वैचारिक संघर्षबारे
२जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरस्थित कीर्तिपुर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका सबै ६ वटै टावर ठड्याउने काम पूरा भएको छ । निर्माण व्यवसायीले आइतबार एकैदिन दुई वटा पोल उठाएसँगै सबै ६ पोल ठड्याइएका हुन् । मैदानमा ४५ मिटर र ६० मिटर उचाइका ३०/३० टन तौलका हाइमास्ट लाइट टावर जडान गरिएको छ । तीमध्ये पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेका छन् भने बाँकी दुई टावरमा लाइट राख्ने काम सुरु हुने तयारी भइरहेको आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले गत असोज २३ गते मैदानको अनुगमन गरेका थिए । अनुगमनका क्रममा दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनु अघि नै प्यारापेट र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । प्यारापेट निर्माण कार्य पूरा भइसकेको छ भने फ्लडलाइट जडान अन्तिम चरणमा पुगेको छ ।
एनपीएल आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ । यसैबीच, मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा कीर्तिपुर रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता परियोजना घोषणा गरेको छ । गुरुयोजनाअनुसार करिब १० अर्ब रुपैयाँको बजेट सुनिश्चित गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाउने निर्णय सरकारले गरिसकेको छ ।
प्रतिक्रिया