
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (क्रा.क.पा.ने.) को केन्द्रीय समितिको तेस्रो बैठकले वरिष्ठ नेता सी.पी. गजुरेललाई पार्टी महासचिवमा चयन गरेको छ । स्वास्थ्य कारणले निवर्तमान महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिनु भएपछि गजुरेललाई महासचिव पदमा चयन गरिएको हो । गत माघ महिनादेखि उहाँ कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । सी.पी. गजुरेल, जसको पुरा हो नाम चन्द्रप्रसाद गजुरेल । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता हुनुहुन्छ । उहाँले आफ्नो पार्टी जीवन विभिन्न उपनामबाट सञ्चालन गर्नु भएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता नामहरूले उहाँको क्रान्तिकारी परिचयलाई अझ प्रभावशाली बनाएको थियो । २००४ साल चैत्र १९ गते सिन्धुली जिल्लाको सिन्धुलीमाडीमा जन्मिनु भएका गजुरेलले प्रारम्भिक अध्ययन कमला हाइस्कूल, सिन्धुलीमाडी मा गर्नु भयो र त्यहीँबाट एस.एल.सी. पूरा गर्नुभयो । त्यसपछि त्रिचन्द्र कलेजबाट आई.एस्सी र विएस्सी अध्ययन गर्नु भयो । शिक्षक जीवनमा पनि उहाँले ठूलो योगदान दिनु भयो । करिब ७ वर्ष शिक्षकको रूपमा कार्य गर्नु भएको गजुरेलले आफ्नै अध्ययन गरेको कमला हाइस्कूलमा साढे ४ वर्ष, रामेछापको गौरीशङ्कर हाइस्कूलमा २ वर्ष र थोरै समय धनुषा र दोलखामा पनि पढाउनुभयो । शिक्षक जीवनले उहाँको नेतृत्व र समाजप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको थियो । त्रिचन्द्र कलेजमा अध्ययन गर्ने क्रममा साथीहरूको संगत र राजनीतिक बहसबाट गजुरेल मार्क्सवादी विचारप्रति प्रभावित हुनुभयो । सिन्धुलीका कम्युनिस्ट नेता जब काठमाडौँ आउँदा युवाहरूसँग भेटघाट गर्नुहुन्थ्यो, त्यतिबेला गजुरेल पनि ती भेटघाटमा सक्रिय रहनु भएको थियो । यही प्रभावले उहाँलाई २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गर्न प्रेरित गर्यो । उहाँ सिन्धुली जिल्लामा सक्रिय हुँदै ऋषि देवकोटा ‘आजाद’ लगायतका नेताहरुको साथमा काम गर्नुु भएको थियो ।
गजुरेलले आफ्नो राजनीतिक जीवनमा करिब साढे ६ वर्ष जेल जीवन पनि बिताउनु भएको छ । २०३५–३७ सालसम्म राष्ट्र विप्लवको मुद्दामा उहाँलाई सिन्धुली, जलेश्वर, मलंगवा, वीरगंज, काठमाडौं सेन्ट्रल जेल, नखुल लगायतका जेलहरूमा राखिएको थियो । विशेषगरी सिन्धुलीमा पटक–पटक सार्वजनिक सुरक्षा ऐन अन्तर्गत जेल र हिरासतमा राख्ने गरिएको थियो । २०३६ सालको जनमत संग्रहको समयमा सबै राजबन्दीलाई आम माफी दिँदा उहाँ काठमाडौँको नखु जेलबाट रिहा हुनुभयो । जनयुद्धको बेला, २०६० सालमा भारतको चेन्नेइबाट लन्डन जान लाग्दा उहाँ एयरपोर्टमै गिरफ्तार हुनुभयो । त्यसपछि भारतको केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारको पहलमा २०६३ सालमा जल्पाईगुडी जेलबाट मोहन वैद्य किरणसँगै रिहा हुनुभयो । २०३७ सालमा उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुभएको थियो । २०४० सालको तेस्रो राष्ट्रिय सम्मेलन (गोरखपुर, भारत) बाट नेकपा (मशाल) को वैकल्पिक पीबीएम बन्नुभयो । २०४१ सालको पाँचौं महाधिवेशन (अयोध्या, भारत) बाट गजुरेल पीबीएम सदस्य हुनुभयो । २०४२ सालमा नेकपा मशाल विभाजनपछि उहाँ नेकपा मोटो मशालमा रहनुभयो र प्रवासमा रहेर पार्टीको विदेश विभागको प्रमुखको रूपमा काम गर्नुभयो । त्यसैगरी, उहाँले अविभाजित कालको अखिल भारत नेपाली एकता समाजको महासचिवको रूपमा पनि काम गर्नुभएको थियो । उस बेला उहाँले “विजय शर्मा” नामबाट महासचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०४२ सालमा सो समाज विभाजन भएपछि दिल्ली र कलकत्ते पक्ष अलग भए, तर आज दुवै नेता एउटै पार्टीमा एकैसाथ कार्यरत छन् ।
संसदीय राजनीतिमा पनि गजुरेलको भूमिका उल्लेखनीय छ । २०६४ सालमा उहाँ सिन्धुली जिल्ला क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो । २०६५–२०६९ सालसम्म नेकपा (माओवादी) र त्यसपछि क्रान्तिकारी माओवादीका विभिन्न पदमा कार्यरत रहनु भयो । उहाँले जनयुद्धको प्रारम्भिक कालदेखि विदेश विभाग मार्फत विश्वभर जनयुद्धको प्रचार–प्रसार गर्न महत्वपूर्ण योगदान दिनु भयो । २०८० साल वैशाख १८ गते नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को एकताबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन भयो । त्यसपछि गजुरेल वरिष्ठ नेताको रूपमा पार्टीमा सक्रिय रहनु भयो । २०८१ साल मङ्सिर १३–२३ सम्म कीर्तिपुर राष्ट्रिय एकता महाधिवेशन मार्फत उहाँ स्थायी सदस्य चुनिनु भयो । गजुरेलले राजनीतिक गतिविधि मात्र नभई वैचारिक र साहित्यिक क्षेत्रमा पनि योगदान दिनुभएको छ । उहाँले ऐतिहासिक भौतिकवाद, मार्क्स, लेनिन, माओका जीवनी, पेरु क्रान्ति, नेपाली क्रान्तिका राजनीतिक पहलुहरू, क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खला लगायत विषयमा लेख्नु भएको छ । साहित्यिक कृतिहरूमा ‘मधु’ (खण्डकाव्य), ‘प्रतिरोध’ (कथासङ्ग्रह), ‘झुल्के घाम’ (कथासङ्ग्रह), ‘देशभक्तिमा खडेरी’ (निबन्धसंग्रह) प्रकाशित छन् । विगतका भीषण अन्तर्संघर्ष र वर्गसंघर्षका अनुभवले गजुरेलको नेतृत्व क्षमता अझ उन्नत बनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया