
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौँ, वैशाख ७ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विद्यार्थी संगठनमाथिको प्रतिबन्ध, भन्सार शुल्क वृद्धि तथा स्थानीय तहमा भएको दमनकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा अमेरिका–इरान द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको सन्दर्भ उल्लेख गर्दै नेपाल सरकारले त्यसैलाई आधार बनाएर अस्वाभाविक रूपमा मूल्यवृद्धि गरेको आरोप लगाइएको छ । वक्तव्यमा भनिएको छ कि यसले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पारेको छ र सरकार “संरक्षकभन्दा व्यापारीजस्तो देखिएको” टिप्पणी गरिएको छ । पार्टीले तत्काल मूल्य समायोजन गर्न तथा वैकल्पिक ऊर्जा स्रोतको दीर्घकालीन योजना ल्याउन माग गरेको छ । त्यसैगरी, विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्धलाई पार्टीले लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भन्दै आलोचना गरेको छ । शिक्षा क्षेत्रमा क्रियाशील स्वतन्त्र विद्यार्थी संगठनहरूलाई दमन गर्ने प्रयासलाई “फासिवादी प्रवृत्तिको संकेत” भन्दै यस्तो निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरिएको छ ।
भन्सार शुल्क वृद्धिको विषयमा पनि पार्टीले आपत्ति जनाउँदै दैनिक उपभोग्य वस्तुहरूमा थपिएको करले जनताको आर्थिक भार बढाएको जनाएको छ । विशेषगरी नेपाल–भारत खुला सीमाको सन्दर्भमा दक्षिण क्षेत्रका नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ । यसैबीच, बुटवल र बिराटनगर लगायत केही स्थानीय तहमा सार्वजनिक स्थान खाली गराउने नाममा सुकुम्बासी तथा फुटपाथ व्यवसायीमाथि गरिएको व्यवहारलाई पार्टीले अमानवीय भनेको छ । बिना वैकल्पिक व्यवस्था घरटहरा भत्काउने र सम्पत्ति जफत गर्ने कार्य तुरुन्त रोक्न माग गर्दै राज्यले नागरिकको आवास, कृषि र रोजगारी सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले समग्र रूपमा सरकारलाई जनमुखी नीति अवलम्बन गर्न आग्रह गर्दै जनताको आधारभूत अधिकारको रक्षा गर्न समेत चेतावनी दिएको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया