
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
तेहरान । इरानले अमेरिका र इजरायलको आक्रमणका कारण ठूलो आर्थिक क्षति व्यहोरेको दाबी गर्दै प्रारम्भिक रूपमा करिब २७० अर्ब अमेरिकी डलर बराबरको नोक्सानी भएको जनाएको छ । संयुक्त राष्ट्र संघका लागि तेहरानका राजदूतले मंगलबार इरानमाथि आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न दिएका पाँच क्षेत्रीय देशबाट उक्त क्षतिपूर्ति असुल गर्नुपर्ने बताएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज प्रोटोकल’ मार्फत पनि क्षतिपूर्ति उठाउने विकल्प अघि सारेको छ । यस प्रस्तावअन्तर्गत हर्मुज जलडमरूबाट गुज्रिने जहाजहरूबाट कर उठाउने योजना समावेश गरिएको छ ।
इरानी सरकारकी प्रवक्ता फतेमेह मोहजेरानीका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यो क्षति भएको प्रारम्भिक आकलन गरिएको हो । मोहजेरानीले रुसी समाचार एजेन्सी ‘आरआइए नोवोस्ती’सँगको अन्तर्वार्तामा उक्त विवरण सार्वजनिक गरेकी हुन् । यद्यपि उनले यो प्रारम्भिक तथ्यांक मात्र भएको र विस्तृत विवरण पछि सार्वजनिक गरिने बताएकी छन् ।
प्रतिक्रिया